होमपेज > दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, एक अर्ब ३३ करोडको कारोबार

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, एक अर्ब ३३ करोडको कारोबार

बिज्ञापन
बिज्ञापन

यो सातामा कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तेस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव ६९ अङ्कले बढेर दुई हजार १५ दशमलव ९८ विन्दुमा कायम भएको हो । विभिन्न दुई सय ७७ कम्पनीका ६० लाख ३१ हजार तीन सय ५६ कित्ता शेयर ३४ हजार पाँच सय आठ पटक खरिद बिक्री हुँदा रु एक अर्ब ३३ करोड २५ लाख ६४ हजार सात सय ६९ बराबरको कारोबार भएको छ । एक सय ८१ कम्पनीको शेयर मूल्य बढ्दा ४२ कम्पनीको शेयर मूल्य घटेको छ ।

बिज्ञापन

नेप्से परिसूचकसँगै सबै उपसमूहको सूचक पनि हरियो देखिएका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूह एक सय २२ दशमलव ४९ र उत्पादन तथा प्रशोधन समूह ८३ दशमलव ९१ अङ्कले बढेका छन् । बैंकिङ चार दशमलव ७६, विकास बैंक ४३ दशमलव १०, वित्त ३७ दशमलव ५८, होटल तथा पर्यटन ७० दशमलव ५८ र जलविद्युत् समूह ३४ दशमलव ३० अङ्कले बढेको छ ।

बिज्ञापन

त्यस्तै, लगानी समूह शून्य दशमलव ५९, जीवन बीमा ५० दशमलव ०५, लघुवित्त १६ दशमलव ५१, व्यापार १६ दशमलव ७२ र अन्य समूहको उपसूचक २१ दशमलव ७४ अङ्कले बढेको छ । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा चार दशमलव ४२ प्रतिशतले गिरावट आएको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक प्रमोटर शेयर रु २८ करोड ५९ लाख १९ हजार छ सय छ बराबरको दुई लाख ५३ हजार दुई सय ६२ कित्ता किनबेच भएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते