होमपेज > सीआईबीको छानबिनमा को-को फस्दै छन्?

सीआईबीको छानबिनमा को-को फस्दै छन्?

बिज्ञापन
बिज्ञापन

राजनीतिलाई कमाई खाने भाँडो बनाएकाहरुलाई अब भने उम्किन कठिन भएको छ । सरकारले सुन तस्करी काण्डको छानबिनमा प्रमुख प्रतिपक्षको अडानलाई चासो दिएको छैन । राजनीतिक तहको छानबिनले को जोगिन्छ, को फस्छ आफ्नै ठाउँमा छ । तर देश अन्तर्राष्ट्रिय जगतमा बद्नाम भइसकेको छ । नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा ठूला पार्टीका ठूलै नेता फसेका छन् । जग्गा फिर्ता गरी जोगाइएका नेता हुन् वा सर्वाेच्चका न्यायाधीश कुमार रेग्मी नै किन नहुन् । माधव नेपाल र डा.बाबुराम पनि तानिएका छन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पनि धेरै भ्रष्ट पात्रहरु जोगिएका थिए । सुन तस्करीमा जोडिएका सत्तारुढ माओवादी केन्द्रका नेताहरु जनार्दन शर्मा, वर्षमान पुन, कृष्णबहादुर महराहरु पनि जोगिने अवस्था छैन ।

बिज्ञापन

सीआईबीले निष्पक्ष छानबिन गर्न सक्छ । किनकि विगतमा ३३ किलो सुन काण्डको छानबिन नेता वामदेव गौतम जोडिँदा रोकिन पुग्यो । अहिले वामदेवले पनि समाजमा सँधै भ्रष्ट र तस्करको बद्नामी सहनुभन्दा छानबिन होस् भनेका छन् । अहिले एमाले सीआईबीसँग त्रसित बनेको छ । माओवादीका नेताहरुले केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुको नाम खुलम खुल्ला लिएनन् । तर तिनको अवस्था र हाउभाउले शंका गर्ने ठाउँ उब्जिएको छ । सत्ताका लागि जो मरिमेट्छ उसको हैसियत जाँच्न अन्यत्र जानै पर्दैन । पार्टी सचिव दिनानाथ शर्माको जुम्ल्याहा घर हेरे पुग्छ । माओवादीका स्वच्छ र शुद्ध भनिएका देवेन्द्र पौडेल, शक्ति बस्नेत जनयुद्धको बेला बैंक लुटेर पार्टीले राख्न दिएको सुन पचाउनेहरु हुन् ।

बिज्ञापन

पौडेलले पोखरामा ९ किलो, बस्नेतले दाङमा १९ किलो सुन हजम गरेका थिए । सुनकाण्डकै छानबिन हुँदा यी जोगिए पनि प्रचण्डलाई धम्क्याएर बारम्बार सत्तामा टिक्ने कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा यो देशका कुन धनाढ्य परिवारका थिए ? जसको सम्बन्ध चिनियाँ तस्करहरुसँग रहेको छ । पछिल्लो पटक पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनकी बहिनी उर्मिला पुन र दावा छिरिङ जोडिएपछि झन् शंका बढेको छ । एमालेले उठाएको प्रश्न यो हो । तर एमाले सीआईबीको छानबिनमा किन डरायो ? अपराधहरु खुल्ने भएपछि एमालेमा डर फैलिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अमेरिकी दबाब सहेजस्तै सुन प्रकरणमा चिनियाँ दबाब झेलेको सरकारले राजस्व अनुसन्धानका महानिर्देशक नवराज ढुंगानाकै पहलमा सुन तस्करीलाई रोक्न सफल भयो । प्रचण्डको नाममा छोरी गंगा दाहालको प्रयोग गरेको कुरा केन्द्रीय समितिको बैठकमा छोरी ज्वाइँ काण्ड जनार्दन शर्माले बहिनी ज्वाइँ ओम शर्मामार्फत उठाउन लगाएका थिए । जनार्दन शर्मा अर्थमन्त्री भएका बेला ओम शर्माले माफिया र तस्करलाई दुहुनो गाई बनाएका थिए । जेठान जनार्दन शर्मालाई प्रचण्डले महासचिव दिएनन् भन्ने कुरामा भने ओम शर्मा रुष्ट छन् । पत्रकारिताबाट कुस्त कमाएपछि ओम शर्मा जनार्दनको पछि लागेका छन् । ओम शर्मा वैदेशिक विभागको सह इन्चार्ज पत्रकार हुन्, जसले पत्रकार महासंघको शुद्धीकरण मानदैनन् । जनयुद्धबाट आएका मान्छेको काठमाण्डौंमा घर गाडीका मालिक छन् । जसको गाउँले हैसियत आँफैले आफ्नो जमिनमा खेती गरेर बाँच्ने थिएन ।

बिज्ञापन

भ्रष्टहरु एमालेमा एक से एक छन् । कोरोना काल अगाडि भाडामा बस्नेहरु महल र गाडीका मालिक छन् । त्यो बेला सुन काण्डको छानबिन भएन । धादिङमा पक्राउ गरिएको सुन राजस्व अनुसन्धान पुग्दा पित्तल भएकै हो । गैंडाको खागलाई बाँसको जहु बनाएर हजम गर्नेहरु देशमा एक सय किलो सुनको छानबिन गर्न सीआईबीले थालेपछि भागाभाग हुन थालेको छ । राजस्व अनुसनधान विभागको पीडा छँदैछ । विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत लैजाने काम एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा गरे । सरकारले जे होला भनदै संसद अवरुद्ध भएका बेला प्रहरीलाई छानिबनको जिम्मा दिएपछि अहिले खैलाबैला भएको छ । यसैबीच सर्वाेच्च अदालतले मन्त्रिपरिषज्को नीतिगत निर्णयमा छानिबन गर्न आदेश दिएको छ । यसको छानबिनमा एमालेका धेरै नेताहरु पर्ने सम्भावना छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते