होमपेज > अख्तियारको फन्दामा नौ जना

अख्तियारको फन्दामा नौ जना

बिज्ञापन
बिज्ञापन

साझा भण्डार सहकारी संस्था लिमिटेड भोटाहिटीका तत्कालीन अध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

बिज्ञापन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले बताए। भण्डारको नाममा रहेको सुर्खेतको वीरेन्द्रनगरपालिका र बाँकेको कोहलपुरमा रहेको जग्गा बिक्री गर्दा अनुचित लाभ लिएको आरोपमा तत्कालीन अध्यक्ष जयकुमार खड्का, सञ्चालक समितिका तत्कालीन सदस्य आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने, योगेन्द्रनाथ कर्माचार्य तथा सदस्यसचिव तथा महाप्रबन्धक अमर थापाविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगका अनुसार नौ जनालाई जनही चार करोड चार लाख २४ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ ।

बिज्ञापन

त्यस्तै आयोगले सोही प्रकरणमा दैलेखको नारायण नगरपालिका स्थायी ठेगाना भई हाल काठमाडौँको टोखा निवासी गीताकुमारी शाही तथा बाँकेको कोहलपुर निवासी सुरोज गिरीविरुद्ध पनि मुद्दा दायर गरेको छ । शाहीलाई तीन लाख तीस हजार रुपियाँ तथा गिरीलाई चार करोड ९४ हजार रुपियाँ बिगो र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, दैलेख नारायण नगरपालिका १ स्थायी ठेगाना भइ हाल काठमाडौंको टोखा ३ बाँसबारी बस्ने शाहीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ को क्षेत्रफल ०-२-० को जग्गा वोलपत्रमा मिलेमतो गरी न्यून मूल्यमा जग्गा खरिद गरी संस्थालाई ३ लाख ३० हजार रुपैयाँ हानिनोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ।

बिज्ञापन

साझा सहकारी सञ्चालक समितिका तत्कालीन सदस्य योगेन्द्रनाथ कर्माचार्यले साझा भण्डार सहकारीका नाममा रहेको बाँकेको कोहलपुर–३ (क) को ०–२–१७ क्षेत्रफलको जग्गा बिनाआधार र कारण हचुवामा अत्यन्त कम मूल्यमा बिक्री गर्ने निर्णय गरी संस्थालाई ४ करोड ९४ हजार नोक्सानी पुर्‍याएको बताइएको छ । यसैगरी साझा भण्डार सहकारीका नाममा रहेको कोहलपुर–३ (क) कै ०–२–१७ क्षेत्रफलको जग्गा बोलपत्र प्रतिस्पर्धालाई सीमित गर्ने उद्देश्य राखी बेसरोकारवाला व्यक्तिको नागरिकताको प्रतिलिपि लिई मञ्जुरीबिना बोलपत्रमा नाम मात्रको प्रतिस्पर्धा देखाएर संस्थालाई ४ करोड ९४ हजार नोक्सानी पुर्‍याएको भन्दै कोहलपुरका सुरोज गिरीविरुद्ध कैद र जरिवाना माग्दै विशेष अदालतमा मुद्दा चलाइएको हो ।

वीरेन्द्रनगर नगरपालिका–८ मा पर्ने ०–२–० क्षेत्रफलको जग्गा न्यून मूल्यमा बेसरोकारवाला व्यक्तिको नाममा खरिद गरेको भन्दै गीताकुमारी शाहीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ । शाहीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ को ०–२–० क्षेत्रफल जग्गा बोलपत्र प्रतिस्पर्धालाई सीमित गर्ने उद्देश्यले न्यून मूल्यमा जग्गा खरिद गरी संस्थालाई ३ लाख ३० हजार रुपैयाँ नोक्सानी पुर्‍याएको पनि आयोगले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते