होमपेज > एनएमबि बैंकको नाफामा सामान्य वृद्धि

एनएमबि बैंकको नाफामा सामान्य वृद्धि

बिज्ञापन
बिज्ञापन

गत आर्थिक वर्षको चौथो त्रैमासमा एनएमबि बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ३.६३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ३ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा एनएमबिको खुद ब्याज आम्दानी ३०.६० प्रतिशत र सञ्चालन नाफा ६.११ प्रतिशत बढेको छ ।

बिज्ञापन

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड रुपैयाँ रहेको छ। चुक्तापुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको बैंकको लाभांश क्षमता ८ प्रतिशतसम्मको रहेको छ।

बिज्ञापन

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.७२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.४५ प्रतिशत थियो। बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ३ करोड ७२ लाख रुपैयाँमा सीमित थियोे।

बैंकको सञ्चालन मुनाफा ४ अर्ब ९४ करोड रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यस्तो मुनाफा ४ अर्ब ६५ करोड रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ४.११ प्रतिशतले बढेको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते