होमपेज > नेपाल बैंकमा ७० करोड काण्ड, अख्तियारले थाल्यो अनुसन्धान

नेपाल बैंकमा ७० करोड काण्ड, अख्तियारले थाल्यो अनुसन्धान

बिज्ञापन
बिज्ञापन

नेपाल बैंक लिमिटेडले सुरु गरेको सफ्टवेयर खरिद प्रक्रिया सुरुमै विवादमा परेको छ । बजार मूल्यभन्दा दोब्बरमा कोर बैंकिङ प्रणाली सम्बन्धी सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण सोधी कागजात मगाएर अनुसन्धान अघि बढाएको छ ।

बिज्ञापन

बजारमूल्यभन्दा दोब्बर महँगोमा सफ्टवेयर खरिद गर्ने प्रक्रिया किन अघि बढाएको भन्ने विषयमा बैंकलाई स्पष्टीकरण समेत सोधिएको अख्तियार स्रोतले बताएको छ । स्रोतका अनुसार उक्त विषयमा अख्तियारले बैंकसगँ सम्बन्धित कागजात मगाएर थप अनुसन्धान अघि बढाएको छ । अख्तियारले २०८० असार २५ गते नै उक्त विषयमा अनुसन्धान गर्ने निर्णय गरेको थियो । बैंकका उच्च अधिकारीको मिलेमतोमा पुरानो मिति राखेर छनौट गरेको खुलासा भएको छ । जसमा बैंकका प्रमुख कार्यकारी अधिकृतले नै पुरानो मितिको कागजात स्वीकृत गरी खामबन्दी गरी राखेको भेटिएको हो ।

बिज्ञापन

यसो त बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार अधिकारीले पनि सफ्टवेयर खरिद प्रक्रियामा अख्तियारले छानबिन गरिरहेको स्वीकारेका छन् । अख्तियारको पत्रपछि आफूहरुले जवाफसहित माग बमोजिमको कागजात पठाइसकेको अधिकारीले बताएका छन् ।

खरिद प्रक्रियाको फाइल हेरेका अख्तियार स्रोतका अनुसार, नेपालका निजी बैंकहरुले २५ करोड रुपैयाँको हाराहारीमा खरिद भइरहेको भनी विवरण नै अख्तियारमा पेश भएको छ । तर सफ्टवेयरका लागि नेपाल बैंक लिमिटेडले ७० करोड रुपैयाँको बजेट छुट्याएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते