होमपेज > गैरकानुनीरुपमा आर्जन गर्ने, श्रीमती नाममा राख्ने

गैरकानुनीरुपमा आर्जन गर्ने, श्रीमती नाममा राख्ने

बिज्ञापन
बिज्ञापन

अधिकृतको मासिक आम्दानी हुन्छ ४५ हजार हाराहारी । यति तलबले राजधानीमा टिक्नै सकस हुने बताउँछन्,इमान्दार कर्मचारीहरु ।तर मासिक ४० देखि ४५ हजार हाराहारी वैद्यानिक तलब खाने एक जना अधिकृतसँग झण्डै एक करोड पाँच लाख अवैद्य सम्पत्ति भेटिएको छ ।

बिज्ञापन

नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीले सरकारी सेवा प्रवेश गरेको २७ बर्षको अवधिमा झण्डै एक करोड पाँच लाख अवैद्य सम्पत्ति आर्जन गरेको भेटिए पछि टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध गैर कानुनी सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियारले आइतवार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

बिज्ञापन

सार्वजनिक सेवामा प्रवेश गरेको २७ बर्षको अवधिमा एक करोड २० लाख ७७ हजार ७४८ रुपैयाँ आय देखिएकोमा व्ययतर्फ दुई करोड २४ लाख लाख ८१ हजार ६९० रुपैयाँ देखिएसँगै अख्तियारले स्रोत नखुलेको सम्पत्ति एक करोड चार लाख तीन हजार ९४१ रूपैयाँ बराबर आम्दानी आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको अख्तियारको दाबी छ ।

उनले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती श्रृजना गिरीको नाममा राखेको अख्तियारले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते