होमपेज > नेपाली सेना हटाए श्राप लाग्छ, नेपाल विदेशीको नक्कल गर्ने थलो बन्यो: बामदेव गौतम (भिडियोसहित)

नेपाली सेना हटाए श्राप लाग्छ, नेपाल विदेशीको नक्कल गर्ने थलो बन्यो: बामदेव गौतम (भिडियोसहित)

बिज्ञापन
बिज्ञापन

राष्ट्रियसभाका सांसद बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्यालाई घटाउने कुरा उसको अपमान बाहेक केही हुन नसक्ने तर्क समेत गरे । बिहीबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपाली सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप गर्नुपर्ने प्रस्ताव समेत गरे ।

बिज्ञापन

त्यसो गरियो भने नेपाली सेनाले आगामी ५ वर्ष भित्र नेपाललाई आत्मनिर्भर मात्रै बनाउने नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पु¥याउने सांसद गौतमले तर्क समेत गरे ।

बिज्ञापन

उनले गौरवगाथाले भरिएको नेपाली सेनाको सेना घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको पनि खण्डन गर्दै बरु प्रतिनिधिसभाको संख्या घटाउन र प्रदेश सभा हटाउँदा उपयुक्त हुने बताए । त्यस अवसरमा सांसद गौतमले हालको प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास पनि हुनै सक्ने जिकीर समेत गरे ।

उनले भने, ‘नेपाली सेनालाई यसरी हामीले अपमान गर्न हुँदैन । नेपाली सेना अहिले लगभग ९६ हजारको छ । यो सेनाको इतिहास एक पटक म दोहोर्‍याउन चाहन्छु । आजको नेपाली सेनाको स्थापना झण्डै २ सय ५५ वर्ष पहिले पृथ्वीनारायण शाहले स्थापना गरेका थिए । त्यो सेनाले नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका खेल्यो । सन् १८१४मा नेपालमाथि अग्रेज साम्राज्यवादको एकैचोटी नौं ठाउँबाट आक्रमण भयो । दुई वर्षसम्म लड्यो नेपाली सेना । नेपाली जनताको साथ लिएर लडेको हो । र, हार्न त प¥यो । तर नेपाल जिउँदो राखेर, केही भूमि छोडेर नेपाली सेनाले नेपाललाई जोगायो । त्यसबेला अंगे्रज साम्राज्यवादसँग कति फौज थियो ? सारा संसारभरी उसको राज्य थियो । उसका उपनिबेषहरु थिए । केही समयपछि उसले सिंगो भारतलाई उपनिषद बनायो उसले । तर नेपाल स्वतन्त्र रह्यो । त्यो स्वतन्त्रताको त्यस बेलाको शासक, प्रशासक जिम्मेवार छन स्वतन्त्र राख्न निम्ति । तर, मुख्य रुपमा नेपाली सेना हो । त्यो नेपाली सेनाले धेरैधेरै अप्ठयारोमा नेपाल राष्ट्रको रक्षा गरेको छ । नेपाली जनताको रक्षा गरेको छ । र, अन्तिम पटक नेपाली सेनाले राजतन्त्र अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुँदाखेरी त्यो संविधानलाई सलाम ठोकेर हामी समर्थन गर्छौं भनेर भन्यो । यो संसारमा राजतन्त्रले, राजाले निर्माण गरेको यत्रो लामो इतिहास भएको फौजले जनताले जे निर्णय गर्छन, त्यो हामी शिरोधार्य गर्छौ भनेर भनेको अर्को इतिहास छैन । नेपाल हो त्यो इतिहास भएको मुलुक । त्यो सेना, गौरवगाथा बोकेको सेना, त्यो इतिहास पढनु पर्छ । दोहोर्‍याएर पढनुस । म ती साथीहरुलाई अनुरोध गर्छु, जसले सेनाको संख्या घटाउनु पर्छ, त्यसबाट बचेको पैसाले देश विकास गर्नु पर्छ भन्छ । नेपाली सेनालाई एक लाख राखिदिनुस् । अर्को दुई लाख सेना निर्माण गरेर देश निर्माण र औद्योगिक क्षेत्र र कृषि उत्पादनको क्षेत्रमा लगाउनुस । सेनाले गरेर देखाउँछ । र, उसले ५ वर्ष भित्र नेपाललाई आत्मनिर्भर मात्रै होइन । विदेश पठाउने गरी हामीले हाम्रो देशमा उत्पादन बढाउन सक्छौं । अनेक ठाउँले उसले आफूलाई ऐतिहासिक रुपले श्रेष्ठ सावित गरेको छ । पैसा जोगाउनका लागि त धेरै ठाउँहरु छन ।’ गौतमले भने ।

बिज्ञापन

उनले थपे ‘प्रदेश सभाको के काम छ ? संघीय संरचना भएको हुनाले काम छ । संविधानमा छ । त्यसो भएर मैले अन्यथा भन्दिन । तर काम के छ ? कहानिर गर्छ त्यसले काम ? त्यसभन्दा तल अर्को तह छ । जुन प्रदेश मातहत छैन । केन्द्रको मातहत छैन । जति केन्द्र र प्रदेशलाई अधिकार छ । त्यति उसको पनि स्वायत्त अधिकार छ । २७५ जनाको प्रतिनिधिसभा किन चाहिएको छ ? घटाउनुस् यसलाई । २ सयमा झार्नुस् । २ सय ५ जनाको बनाउनुस । २०३ जनाको बनाउनुस । अथवा १५०/१५१ जना बनाउनुस् । यसरी चल्छ । राष्ट्रियसभाको सदस्य हौं । भन्न त मिलेन । तर प्रतिनिधिसभाको भन्दा छुट्टै अधिकार र कर्तव्य के छ ? बेलायतको नक्कल गरेर जसबेला राजको टाउको काटेर विद्रोहीहरुले बेलायतभरी घुमाएका थिए । र, पछि श्रमिकहरुले विद्रोह गर्न सुरु गरेपछि श्रमजीविहरुको विरुद्धमा त्यहाँका जमिनदार र पूँजीपतिहरु मिलेर एउटै छुट्टै हाउस बनाइयो, त्यसलाई हाउस अफ लड भनियो । लड भनेको भगवान मात्रै होइन, त्यसबेलाको जमिन्दार र सामन्तहरु पनि हो । हामीले त्यसैको नक्कल गरेर आज यहाँ छौं । त्यसो भएर नक्कल धेरै क्षेत्रमा भएको छ । त्यसो भएर नक्कल धेरै क्षेत्रमा भएको छ । संसदीय क्षेत्रमा नककल भएको छ । र, यो संसद र, यो संसद रहँदासम्म नेपाल विकास पनि हुँदैन, अगाडि बढन पनि सक्दैन । प्रतिनिधिसभाले कार्यकारी चुन्ने प्रणाली हुँदासम्म अगाडि जान सकिदैन । र, यस किसिमका, जसले देश जोगायो, जसले आफ्नो रगतले हरेक माटो चाँही रातो बनाएको छ । त्यसलाई घटाउनु पर्छ भन्ने ठाउँमा छलफल गर्ने र देश विकास गर्ने सम्बन्धमा कुनै काम नगर्ने त्यस्तो हामीले ग¥यौं भने हामीले श्राप भोग्नेछौं । सतिको श्राप भन्ने छ । त्यो भोग्नेछौं । त्यसो भएर म त्यसलाई खण्डन गर्न चाहन्छु । र, अस्ती नेपाली काँग्रेसले लाईभ गरेर केन्द्रिय कमिटी बैठक सुरु गरेको छ । त्यो सही बाटो हो । कम्युनिष्टहरुले पनि त्यही बाटोबाट हिँडनु पर्छ भनेर म अनुरोध गर्दछु ।’

सांसद गौतमले पार्टीको केन्द्रीय कार्य समिति बैठक लाईभ गरेको भन्दै काँग्रेसप्रति आभार व्यक्त गर्दै कम्युनिष्ट पार्टीहरुले पनि त्यसबाट सिकेर अघि बढनुपर्ने धारणा समेत राखे ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते