होमपेज > सन नेपाल लाइफको आइपिओ विक्री गर्दे, क-कसले भर्न पाउँछन?

सन नेपाल लाइफको आइपिओ विक्री गर्दे, क-कसले भर्न पाउँछन?

बिज्ञापन
बिज्ञापन

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले श्रावण १ गते देखी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्काशन गरेको छ ।कम्पनीले १०० रुपैया अंकित मुल्यमा १३९ रुपैया प्रिमियम थप गरी प्रतिशेयर कुल दुई सय ३९ रुपैयामा आईपिओ निष्काशन गरेको हो । यसपछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्नेछ ।

बिज्ञापन

कम्पनीले आफ्नो जारी पूँजी तीन अर्ब २० करोड रुपैयाको ३० प्रतिशतका दरले हुन आउने ९६ करोड रुपैया बराबरको ९६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । सो मध्ये १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता शेयर, प्रति शेयर एक सय रुपैया अंकित मुल्यमा एक सय ३९ रुपैया प्रिमियम थप गरी प्रतिशेयर कुल दुई सय ३९ रुपैयामा नेपाल सरकारको सम्वन्धीत निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गर्नेछ ।

बिज्ञापन

त्यसै गरी निष्काशन गरिने कुल शेयरको पाँच प्रतिशत अर्थात चार लाख ८० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि एक सय रुपैया अंकित मुल्यमा एक सय ३९ रुपैया प्रिमियम थप गरी प्रतिशेयर कुल दुई सय ३९ रुपैयाका दरले र पाँच प्रतिशत अर्थात चार लाख ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि प्रतिशेयर अंकित मुल्य एक सय रुपैयाका दरले छुट्याईएको छ । सर्वसाधारण लगानीकर्ताहरुले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आइपिओमा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १ गते देखी १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकत्तम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बिज्ञापन

आइपिओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले त्रिपल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तिय दायित्व वहन गर्न समक्ष रहेको औषतस्तरको सुरक्षित कम्पनीलाई जनाउँदछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय सस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड किलयरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको मेरो शेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते