होमपेज > कतिले भरे आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ?

कतिले भरे आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ?

बिज्ञापन
बिज्ञापन

आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा ३० करोड २५ लाख ७१ हजार ९७६ रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (असार १० गते) बिहान १०ः६ मिनेटसम्म १५ हजार ९९३ जना आवेदकले १२ लाख ७७ हजार १६० कित्ताका लागि आवेदन दिएका हुन् ।

बिज्ञापन

कम्पनीले कम्पनीले असार १ गतेदेखि पहिलो चरणमा वेदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । हाल कम्पनीको जारी पुँजी ४ अर्ब रुपैयाँ छ ।

बिज्ञापन

आइपीओ अङ्कित मूल्य १०० रुपैयाँमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले सर्वसाधारणलाई सेयर जारी गर्न लागेको हो । सो मध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन तथा बिक्री खुला गरेको हो ।

उक्त सेयरमध्ये कम्पनीले १० प्रतिशतले हुन आउने १२ लाख कित्तामा मात्र वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिन पाउँछन्।उक्त सेयरमध्ये कम्पनीले १० प्रतिशतले हुन आउने १२ लाख कित्तामा मात्र वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिन पाउँछन्।

बिज्ञापन

कम्पनीको आइपीओमा न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्म सेयर भर्न सक्नेछन् । विदेशमा रोजगारीमा रहेका नेपालीहरुले असार १५ गते बैंकिङ्ग समयसम्म आवेदन दिनसक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । आइपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो ।

कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गबाट उपलब्ध मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन सकिनेछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते