होमपेज > हिंसा भड्काएको र राज्यविरूद्ध कसुर गरेको भन्दै राप्रपाका महामन्त्री धवल शम्शेरमाथि अनुसन्धान

हिंसा भड्काएको र राज्यविरूद्ध कसुर गरेको भन्दै राप्रपाका महामन्त्री धवल शम्शेरमाथि अनुसन्धान

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणा पक्राउ परेको सूचना संघीय संसद सचिवालयमा पुगेको छ।

बिज्ञापन

आइतबारको प्रतिनिधि सभा बैठकमा उनी पक्राउ परेकोबारे सूचना सभामुख देवराज घिमिरेले पढेर सुनाउनेछन्। राप्रपा महामन्त्री राणा प्रतिनिधि सभा सांसद छन्। उनीविरूद्ध तीनकुनेमा चैत १५ गते हिंसा भड्काएको र राज्यविरूद्ध कसुरमा अनुसन्धान भएको जानकारी संघीय संसद सचिवालयमा पुगेको हो।

बिज्ञापन

दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। प्रसाईंले चलाएको गाडीले प्रहरीलाई पेलेर सुरक्षा घेरा तोडेर निषेधित क्षेत्र प्रवेश गरेको थियो। प्रसाईंले सुरक्षा घेरा तोडेपछि प्रदर्शनकारीहरू पनि उनीसँगै अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

त्यसपछि प्रदर्शनकारीहरूले व्यक्तिगत घर तोडफोड र आगजनी गरेका थिए। प्रसाईंले आह्वान गरेको प्रदर्शनमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ ले पनि समर्थन गरेको थियो। यो समितिमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणा पनि सदस्य छन्। उनीहरू पनि तीनकुने प्रदर्शनमा पुगेका थिए। मिश्र र राणाले प्रदर्शनकारीहरूलाई भड्काउने भूमिका खेलेको आरोप छ।

बिज्ञापन

गत शुक्रबार साँझ मिश्र र राणालाई प्रहरीले पक्राउ गरेको थियो। प्रसाईं भने फरार छन्। राप्रपाले शनिबार बैठक गर्दै मिश्र र राणालाई २४ घन्टाभित्र छाड्न अल्टिमेटम दिएको थियो। तर प्रहरीले आइतबार मिश्र र राणालाई म्याद थप गर्नका लागि अदालत उपस्थित गराउने तयारी गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते