होमपेज > मनाङ-मर्स्याङ्दी हाइड्रोपावर निर्माणले पायो तीव्रता

मनाङ-मर्स्याङ्दी हाइड्रोपावर निर्माणले पायो तीव्रता

बिज्ञापन
बिज्ञापन

१३५ मेगावाट क्षमताको मनाङ-मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माणले तीव्रता पाएको छ । हिउँद सकिएसँगै मौसम अनुकूल भएपछि निर्माणले तीव्रता पाएको हो । कोरोना संक्रमणका कारण ढिला गरी निर्माण थालिएको जलविद्युत आयोजनाको निर्माण पुस अन्तिम साताबाट प्रारम्भ गरिएको हो ।

बिज्ञापन

आगामी चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी एक नेपाली र तीन चिनियाँ कम्पनीको साझेदारीमा जलविद्युत् आयोजना निर्माण सुरु भएको बुटवल पावर कम्पनीका कोअर्डिनेटर प्रतिक महर्जनले बताए ।

बिज्ञापन

आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित एससीआइजी इन्टरनेशनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्ता क्यूवाईसी इन्टरनेसनलले जिम्मेवारी लिएका छन् । आयोजनामा नेपाली साझेदार बिपीसीको २० प्रतिशत र तीन चिनियाँ कम्पनीको संयुक्त रूपमा ८० प्रतिशत लगानी छ । कूल रू ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहने महर्जनले बताए ।

‘रन अफ द रिभर’ प्रकृतिमा बन्न लागेको यस आयोजनाबाट वार्षिक सात सय ६६ दशमलव पाँच सय ९३ गिगावाट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । उनका अनुसार आयोजनाबाट वार्षिक ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

बिज्ञापन

सम्भाव्यता अध्ययनअनुसार आयोजनाको ग्रस हेड चार सय ३० दशमलव २० मिटर र हेडरेस टनेल ६ दशमलव २०७५ किलोमिटर छ । आयोजना निर्माणका लागि सम्बन्धित कम्पनी र नेपाल सरकारबीच विसं २०७९ पुस ३ मा सम्झौता भएको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते