होमपेज > बन्दीपुरमा ‘रैथाने बाली र मकै प्रवर्द्धन’ कार्यक्रम

बन्दीपुरमा ‘रैथाने बाली र मकै प्रवर्द्धन’ कार्यक्रम

बिज्ञापन
बिज्ञापन

बन्दीपुर गाउँपालिकाले रैथाने बाली र मकै प्रवद्र्धन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । रैथाने बालीको संरक्षण तथा मकै प्रवद्र्धनका लागि कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले यस किसिमको कार्यक्रम ल्याएको हो ।

बिज्ञापन

आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारको ससर्त अनुदानअन्तर्गत वार्षिक स्वीकृत कार्यक्रमअनुसार कृषकसँग आवेदन माग गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार रैथाने बालीका लागि रु १० लाख र मकै प्रवद्र्धनका लागि रु २० लाख २० हजार गरी कूल रु ३० लाख २० हजार बजेट विनियोजन गरिएको छ । गाउँपालिकाभित्र कृषि व्यवसाय एवं सहकारीसम्बन्धी कृषक समूह, कृषि सहकारी संस्था, उद्यमी कृषकलाई आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए।

बिज्ञापन

कार्यालयमा आवेदन दिँदा संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि, निजी फर्मका लागि गत आवसम्म कर बुझाएको प्रमाण, जग्गाको क्षेत्रफल संयुक्त वा हकभोग खुल्ने प्रमाण, प्रतिबद्धता पत्र र आयोजनामा सहभागीका लागि समूह सहकारीको निर्णय पेस गर्नुपर्ने व्यवस्था रहेको छ । रैथाने बाली र मकै प्रवद्र्धनका लागि प्रतिब्लक एक सय रोपनी क्षेत्रफल हुनुपर्ने प्रावधान रहेको छ । उनले भने, “यस कार्यक्रमले उत्पादनमा वृद्वि हुनाका साथै बाली संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।” रैथाने बालीमा विभिन्न रोग र कीरा तथा प्रतिकूल मौसम सुक्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता बोकेका हुन्छन् । जुन गुणहरू बाली प्रजनन तथा सुधारका लागि महत्वपूर्ण मानिन्छन् । यसका साथै, देशका विकट भेगमा खाद्य तथा पोषण सुरक्षाका लागि वरदान साबित मानिन्छन् ।

रैथाने बाली कुनै ठाउँ विशेषको स्थानीय हावापानीमा पाइन्छ । नेपालका प्रमुख रैथाने बालीमा छिर्केमिर्के सिमी, मार्सीधान, पोखरेली जेठो बुढो, घैयाधान, जोरायल बासमती, दर्माली, गुडुरा, गौरियालगायत पर्छन् । जिल्लामा मुख्य गरी कोदो, मकै फापर, चिनो, भागो, नेपाले भट्ट, सेतो भट्ट, घैयाधान, तीतेफापर कागुनो, गहुँ, उवा, जौ, लट्टेजस्ता रैथाने बालीका रुपमा लिइन्छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते