होमपेज > ग्लोबल आइएमई बैंकलाई दोस्रो पटक ‘ग्लोबल फाइनान्स’को ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंकलाई दोस्रो पटक ‘ग्लोबल फाइनान्स’को ‘बेष्ट बैंक अवार्ड’

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

ग्लोबल आइएमई बैंक लिमिटेडलाई दोस्रो पटक ग्लोबल फाइनान्स म्यागाजिनको “बेष्ट बैंक अवार्ड २०२५” बाट सम्मानित गरिएको छ। शनिबार अमेरिका आयोजित एक विशेष समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उक्त अवार्ड ग्रहण गरे।

बिज्ञापन

ग्लोबल फाइनान्सले विश्वसनीयता, वित्तीय श्रोत परिचालन क्षमता, पहुँच विस्तार, रणनीतिक सम्बन्धहरू, ग्राहकमैत्री सेवाहरू, क्रेडिट रेटिङ लगायतका मापदण्डहरूका आधारमा ग्लोबल आइएमई बैंकलाई २०२५ का लागि नेपालको उत्कृष्ट बैंकको रूपमा चयन गरेको हो।

यससँगै, ग्लोबल आइएमई बैंकले लगातार दोस्रो वर्ष ‘ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड’ प्राप्त गर्ने गौरव हासिल गरेको छ। यसअघि सन् २०२४ मा पनि बैंकले सोही अवार्ड प्राप्त गरेको थियो। अध्यक्ष ढकालले यो सम्मानले बैंकलाई अझ नविन, प्रभावकारी र गुणस्तरीय सेवा दिन प्रेरणा मिलेको बताउँदै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियामक निकाय, सेयरधनी, कर्मचारी तथा ग्राहकवर्गप्रति आभार व्यक्त गरे।

बिज्ञापन

ग्लोबल फाइनान्सले यो वर्ष अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, ल्याटिन अमेरिका, युरोप, मध्य पूर्व र उत्तर अमेरिकाका उत्कृष्ट बैंकहरूलाई विभिन्न विधामा सम्मानित गरेको छ। नेपालबाट ग्लोबल आइएमई बैंक यस अवार्डबाट सम्मानित हुने पहिलो बैंक हो। यो वर्षका लागि हङकङको HSBC, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, मलेशियाको UOB, बङ्गलादेशको सिटी बैंक, जापानको SMBC लगायत विश्वभरका प्रतिष्ठित बैंकहरूलाई विभिन्न विधामा छनोट गरिएको छ।

ग्लोबल आइएमई बैंकले अघिल्ला वर्षहरूमा पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरिसकेको छ। जसमध्ये “बैंक अफ द इयर २०१४”, “बेष्ट इन्टरनेट बैंक २०१६”, “युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४, २०२५”, “बेष्ट ईएसजी बैंक नेपाल २०२४” र “बेष्ट इम्प्लोयर अवार्ड” उल्लेखनीय छन्।

७७ वटै जिल्लामा उपस्थिति विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकको रूपमा, ग्लोबल आइएमई बैंकले ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित सेवा केन्द्र, ६८ एक्सटेन्सन तथा राजश्व काउन्टर र ३ वटा अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा बिन्दुबाट सेवा दिइरहेको छ।

साथै, बैंकले नेपालभित्र मात्र होइन, अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, जापान, दक्षिण कोरिया, मध्यपूर्वका देशहरू लगायतबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते