बिज्ञापन
मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २,३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार ४ सय रुपैयाँ तोकिएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
बिज्ञापन
अघिल्लो दिन सुनको मूल्य २ लाख ३३ हजार १ सय रुपैयाँ थियो। पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएकाले नेपालमा पनि सुनको मूल्य निरन्तर नयाँ रेकर्ड कायम गर्दै गएको महासंघले जनाएको छ।
यता, चाँदी भने अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ। प्रतितोला २ हजार ९६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ। यो मूल्य पनि हालसम्मकै उच्च स्तर हो।








