होमपेज > ७४ खर्ब नाघ्यो बैंकिङ निक्षेप, अर्थतन्त्रमा कस्तो असर पर्छ ?

७४ खर्ब नाघ्यो बैंकिङ निक्षेप, अर्थतन्त्रमा कस्तो असर पर्छ ?

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप ७४ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार एक दिनमा १६ अर्ब रुपैयाँ निक्षेप बढ्दा कुल निक्षेप ७४ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । यो तथ्यांक असोज ९ गतेसम्मको हो । असोज ८ गते बैंक तथा वित्तीय संस्थासँग ७३ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप थियो ।

बिज्ञापन

वाणिज्य बैंकहरूमा मात्रै एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । वाणिज्य बैंकहरूको कुल निक्षेप ६६ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरूसँग कुल ७ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप छ ।

बैंक तथा वित्तीय संस्थाले अहिलेसम्म कुल ५६ खर्ब ४० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । एक दिनमा कुल ६ अर्ब रुपैयाँ कर्जा विस्तार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । वाणिज्य बैंकहरूले मात्रै कुल ५० खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरूले अहिलेसम्म कुल ६ खर्ब २४ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।

बिज्ञापन

बैंकहरूको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७५.२१ प्रतिशत कायम भएको छ । निक्षेप उच्च दरमा बढ्दै गएको तर कर्जाको माग कम भएकाले सिडी रेसियो निरन्तर घट्दै गएको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले प्रणालीबाट हरेक साता अर्बौं रुपैयाँ तान्दै आएको छ ।

अहिले वित्तीय प्रणालीमा १० खर्ब २६ अर्ब रुपैयाँ अधिक तरलता छ । तरलता धेरै भएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा पैसा राखेर व्यवस्थापन गर्दै आएका छन् ।

बैंकहरूसँग अतिरिक्त लगानीयोग्य रकम हुँदा उनीहरूले छोटो अवधिका लागि स्थायी निक्षेप सुविधा मार्फत राष्ट्र बैंकमा पैसा राख्न सक्छन् । त्यसवपत बैंकहरूले ब्याज पाउँछन । यो एक प्रकारको तरलता व्यवस्थापन उपकरण हो । चालू आर्थिक वर्षको सुरुदेखि अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले ९० खर्ब ६६ अर्ब रुपैयाँ बराबरको यस्तो सुविधा लिएका छन् ।

प्रणालीमा ७८ करोड पठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ७८ करोड रुपैयाँ मुद्दती निक्षेप पठाउन लागेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको सो रकम बैंक तथा वित्तीय संस्थामा निक्षेप लगानी गर्न लागेको जनाएको हो ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र ब्याजदर असोज २२ गतेभित्र प्रस्ताव गर्न सक्ने जनाएको छ । यो निक्षेप २०८२ असोज २६ देखि २०८३ असोज २६ गतेसम्म ३६६ दिनको लागि राख्न लागेको पनि राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंकहरूमा ६२ करोड ४० लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरूमा ११ करोड ७० लाख र राष्ट्रिय स्तरका विकास बैंकहरूमा तीन करोड ९० लाख रुपैयाँ निक्षेप राखिने पनि राष्ट्र बैंकले जनाएको छ । यो निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्थाले तोकिएका शर्तहरू भने पुरा गरेको हुनुपर्छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, न्यूनतम पुँजीकोष कायम गरेको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ ।

यस्तै, खुद तरल सम्पत्ति अनुपात, कर्जा निक्षेप अनुपात तोकिएबमोजिम हुनुपर्ने, अघिल्लो आर्थिक वर्षमा नाफामा रहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा गरेको र सर्वसाधारणका लागि छुट्याएको शेयर जारी गरेको हुनुपर्ने शर्तहरू पुरा गरेको हुनुपर्नेछ ।

अर्थतन्त्रमा कस्तो असर पर्छ ?

बैंकिङ प्रणालीमा पैसाको आपूर्ति धेरै हुने अवस्थालाई अधिक तरलता भनिन्छ । जसले अल्पकालमा अर्थतन्त्रलाई गतिशील बनाउन मद्दत गर्छ, तर यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने दीर्घकालमा महँगी, आयात वृद्धि, मुद्रा कमजोर हुने र वित्तीय स्थायित्वमा जोखिम ल्याउन सक्छ । प्रणालीमा अधिकतरलता हुँदा अर्थतन्त्रमा सकारात्मक र नकारात्मक प्रभावहरू दुवै पर्छ ।

जब बैंकमा पैसा धेरै हुँछ तब उनीहरू कर्जा दिन प्रतिस्पर्धी बन्छन र कर्जाको ब्याजदर घट्न सक्छ । ऋण लिन चाहने व्यक्ति र व्यवसायका लागि बैंकहरूले सहजै ऋण उपलब्ध गराउँछन् । एक बैंकलाई रकम आवश्यक पर्दा तत्काल अर्को बैंकबाट सापटी पाउने अवस्था रहन्छ ।

अधिक तरलता हुँदा अर्थतन्त्रमा नकारात्मक असर पनि पर्न सक्छ । बजारमा महँगी बढ्न सक्छ । किनभने ब्याजदर सस्तो हुँदा उपभोग बढ्छ । यसले वस्तु तथा सेवाको मूल्यवृद्धि गराउँछ । यस्तै बैंकहरूले असुरक्षित र उच्च जोखिम भएका क्षेत्रमा पनि ऋण स्वीकृत गर्ने जोखिम रहन सक्छ ।

अत्याधिक तरलताले अल्पकालीन अन्तरबैंक ब्याजदर घटाउँछ र मौद्रिक नीतिको प्रभाव कम पर्छ । आयात बढ्न गई वैदेशिक मुद्राको माग बढ्न सक्छ । जसले स्वदेशी मुद्राको क्रयशक्ति घटाउँछ । तरलता व्यवस्थापनका लागि बजारबाट रकम प्रशोचन गर्नुपर्ने भएकाले केन्द्रीय बैंकमाथि ब्याज खर्चको दबाब पर्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते