होमपेज > महामन्त्री त्याग्न तयार छु: गगन थापा

महामन्त्री त्याग्न तयार छु: गगन थापा

बिज्ञापन
बिज्ञापन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठनका लागि आफू महामन्त्री पद त्याग्न तयार रहेको बताएका छन् । नेपाली कांग्रेस पुनर्गठन आजको अनिवार्य आवश्यकता भएको बताउँदै उनले पार्टीको सुधारका लागि आफ्नो पदीय जिम्मेवारी छोड्न तयार हुनुपर्ने स्पष्ट पारेका हुन् ।

बिज्ञापन

महामन्त्री थापाले पार्टीको संगठन र कार्यशैलीमा परिवर्तन ल्याउनुका साथै जेन-जी आन्दोलनले उठाएका भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्नका लागि पार्टीको सदस्यता, संरचना, नेतृत्व चयन प्रक्रिया र मुद्दामा सुधार गर्न प्रस्ताव गरेका हुन् । ‘पार्टीको पुनर्निर्माण आजको अनिवार्य आवश्यकता हो । हामीले अहिले जे गर्दै आएका छौं त्यसैले पार्टीको पुनर्निर्माण हुन सक्दैन। त्यसका लागि हामीलाई आफूलाई सुधार्न आवश्यक छ । पार्टीका सबै तहगत समिति र सदस्यले पनि सघाउनुपर्छ’ महामन्त्री थापाले स्पष्ट पारे।

बिज्ञापन

त्यस्तै, गठन भइसकेको अन्तरिम सरकारलाई तोकिएको समयमा निर्वाचन सुनिश्चित गर्न सहयोग गर्नुपर्ने बताएका छन् । कांग्रेस एक जिम्मेवार लोकतान्त्रिक पार्टी भएको हुँदा निर्वाचनको मिति घोषणा गरिसकेको सरकारलाई निर्वाचन प्रकृयामा सहयोग गर्नुपर्ने बताएका हुन् । मुख्य जिम्मेवारीबाट विचलित नहुन र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गराउने कार्यलाई सरकारले प्राथमिकता दिनुपर्ने कुरा पनि जोड दिएका छन्।

‘निर्वाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौं,’ उनले भनेका छन्, ‘कही कतै यो मूल जिम्मेवारीबाट सरकार बिचलित भयो वा अलमलियो भने खवरदारी गरौं। भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्र्याकमा ल्याउने आजको मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ, यो कुरा नबिर्सौं।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते