होमपेज > नेस्लेका सीईओ लरेन्ट फ्रेक्सलाई बर्खास्त, व्यक्तिगत सम्बन्ध लुकाएको आरोप

नेस्लेका सीईओ लरेन्ट फ्रेक्सलाई बर्खास्त, व्यक्तिगत सम्बन्ध लुकाएको आरोप

बिज्ञापन
बिज्ञापन

विश्वप्रसिद्ध एफएमसीजी कम्पनी नेस्लेले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) लरेन्ट फ्रेक्सलाई पदबाट बर्खास्त गरेको छ। कम्पनीले उनको एक सहकर्मीसँगको व्यक्तिगत सम्बन्धबारे समयमै जानकारी नदिएको भन्दै कारबाही गरेको पुष्टि गरेको छ।

बिज्ञापन

फ्रेक्सको सम्बन्ध उनकी निजी सहायकसँग रहेको आन्तरिक अनुसन्धानबाट खुलेको हो। उक्त अनुसन्धान नेस्लेका अध्यक्ष पल बुल्के र प्रमुख स्वतन्त्र निर्देशक पाब्लो इस्लाको संयोजनमा बाह्य कानुनी परामर्शदाताको सहयोगमा गरिएको थियो।

बिज्ञापन

नेस्ले अध्यक्ष बुल्केले एक वक्तव्य जारी गर्दै भने, “हामी नेस्लेको मूल्य र आचारसंहितालाई अत्यन्तै गम्भीरतापूर्वक लिन्छौं।” उनले फ्रेक्सलाई कम्पनीमा बिताएका दशकौँ लामो सेवाका लागि धन्यवाद दिएका छन्।

लरेन्ट फ्रेक्स सन् २०२३ मा नेस्लेको सीईओ नियुक्त भएका थिए। उनले करिब ४० वर्षसम्म कम्पनीमा विभिन्न भूमिकामा काम गरेका थिए र मार्क स्नाइडरलाई प्रतिस्थापन गरेका थिए। उनी कार्यकालको सुरुमा नै नेस्लेको सेयर मूल्य २०२२ को तुलनामा करिब ४० प्रतिशतले घटेको अवस्थामा नेतृत्व सम्हालेका थिए, जुन घटोत्तरी युरोप र अमेरिकामा तौल घटाउने औषधिहरूका कारण उपभोक्ताको खाने बानीमा आएको परिवर्तनसँग पनि जोडिएको थियो।

बिज्ञापन

नयाँ सीईओको रूपमा फिलिप नवरातिलको नियुक्ति

फ्रेक्सको स्थानमा नेस्लेले वरिष्ठ उपाध्यक्ष तथा कफी रणनीतिक व्यापार इकाईका प्रमुख फिलिप नवरातिललाई नयाँ सीईओ नियुक्त गरेको छ।

नवरातिलले आफ्नो करियर नेस्लेसँग सन् २००१ मा आन्तरिक लेखा परीक्षकको रूपमा सुरु गरेका थिए। त्यसयता उनले होन्डुरस, मेक्सिको लगायतका देशमा नेतृत्वदायी भूमिका सम्हाल्दै आए। सन् २०२४ मा उनी नेस्प्रेसोका प्रमुख कार्यकारी नियुक्त भएका थिए र यसै वर्ष कम्पनीको कार्यकारी बोर्डमा पनि सहभागी भएका थिए।

सीईओ स्तरमा व्यक्तिगत सम्बन्धको असर

यसअघि जुलाई १९ मा, अमेरिकी टेक कम्पनी एस्ट्रोनोमरका सीईओ एन्डी बायर्नले कोल्डप्ले कन्सर्टमा मानव संसाधन प्रमुखसँगको रोमान्स सार्वजनिक भएपछि राजीनामा दिएका थिए। त्यसपछि एचआर प्रमुख क्रिस्टिन क्याबोटले पनि पद त्याग गरेकी थिइन्।

कर्पोरेट नेतृत्व तहमा पारदर्शिता र आचारसंहिताको उल्लंघनसँग जोडिएका मुद्दाहरू पछिल्ला वर्षमा झनै गम्भीर रुपमा लिइन थालेका छन्। नेस्लेले गरेको पछिल्लो निर्णयले पनि विश्वका ठूला कम्पनीहरू आन्तरिक नीति र नेतृत्वको उत्तरदायित्वमा कति सजग छन् भन्ने देखाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते