एनआइएमबि एस क्यापिटल लिमिटेडले पायोनिर ल एशोसिएट्स र इक्रा नेपालसँगको सहकार्यमा ‘रोड टु आइपिओ’ नामक कार्यशाला आयोजना गरेको छ । भदौ १३ गते शुक्रबार होटल अलफ्ट काठमाडौँमा उक्त कार्यशाला सम्पन्न भएको हो । सो कार्यक्रममा विशेष गरि कर्पोरेट संथाका सहभागीहरूलाई प्राथमिक सार्वजनिक निष्काशनको प्रकृयामार्फत आफ्ना कम्पनीलाई सूचीकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मागएदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
बिज्ञापन
कार्यक्रमको उद्घाटन एमआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले गरे । उनले आइपिओको महत्त्वको बारेमा आफ्नो विचार व्यक्त गर्दै यसले कम्पनीको दिर्घकालिन रणनीतिलाई आकार दिई पूँजी निर्माणमा सहयोग हुने तथा समग्र आर्थिक विकासमा टेवा पुग्नेमा जोड दिए । पायोनिर ल एशोसिएट्सका म्यानेजिङ पार्टनर अनुप राज उप्रेतीले सार्वजनिक निष्काशनका कानूनी पक्षहरू र यसका लागि प्रचलित कानूनी व्यवस्थाका महत्त्वपूर्ण विषयहरूमा प्रकाश पारे ।
बिज्ञापन
एनआइएमबि एसिई क्यापिटल लिमिटेडका डिसिओ सचिन्द्र ढुंगानाले संस्थागत सुशासन, सार्वजनिक निष्काशन गर्न उपयुक्त समय, निष्काशन विधिहरू, पूँजी संरचना, मूल्य निर्धारण र समयरेखा जस्ता क्षेत्रहरूमा चर्चा गरे । यसका अतिरिक्त इक्रा नेपालका रेटिङ डिभिजनकाका प्रमुख राजिव महर्जनले कम्पनीको वित्तीय स्थितिले कसरी क्रेडिट रेटिङ्ग र लगानीकर्ताको धारणामा प्रभाव पार्नेमा महत्वपूर्ण भूमिका खेल्दछ भन्ने बारेमा प्रस्तुत गरे ।
सो पहलकदमीमार्फत एनआइएमबि एसिई क्यापिटल र पायोनिर ल एशोसिएट्सले वित्तीय साक्षरता प्रवद्र्धन, संस्थागत सुशासनलाई मजबुद बनाउने, र नेपाली व्यवसायहरूलाई सूचिकरणमा जानका लागि सहयोग पुर्याउने आफ्नो प्रतिवद्धता पुनः पुष्टि गरेको कम्पनीको भनाई छ ।








