यामाहा नेपालले गोरखा नगरपालिका–०६ मा अवस्थित आफ्नो नयाँ 3S फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) चन्दा सप्लायर्स मार्फत भव्य रुपमा शुभारम्भ गरेको छ।
बिज्ञापन
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, उपप्रमुख मसलिमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाको उपस्थिति रहेको थियो। कार्यक्रमका विशेष अतिथि एमए डब्ल्यूराइड्स प्रा. लि. का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल रहेका थिए।
बिज्ञापन

चन्दा सप्लायर्सले आधुनिक पूर्वाधार र अनुभवी टोली मार्फत यामाहाको 3S अनुभव (सेल्स, सर्भिस, स्पेयर पार्ट्स) एउटै छानामुनि उपलब्ध गराएको छ। यसमार्फत ग्राहकहरूले सम्पूर्ण बिक्री परामर्श, भरपर्दो बिक्रीपछिको सेवा र जेनुइन स्पेयर पार्ट्स एकै ठाउँमा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
बिज्ञापन
नयाँ FZ र MT भेरियन्टको लन्च
उद्घाटनकै अवसर पारेर यामाहा नेपालले आफ्ना लोकप्रिय मोटरसाइकल श्रृंखला FZ र MT का नयाँ भेरियन्टहरू सार्वजनिक गरेको छ। यी मोडलहरूमा ताजा स्टाइल, एडभान्स्ड फिचरहरू र नेपाली राइडरहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएको छ, जसले यामाहाको पोर्टफोलियोलाई अझ मजबुत बनाएको छ।
कार्यक्रममा बोल्दै दीपक कुमार अग्रवालले भने, “गोरखामा यो नयाँ 3S शोरुम यामाहाका उच्च प्रदर्शनयुक्त उत्पादन र उत्कृष्ट सेवा ग्राहकहरू नजिक ल्याउने दिशामा एक महत्वपूर्ण कदम हो। नयाँ FZ र MT भेरियन्टको लन्चसँगै हामी गोरखा तथा आसपासका क्षेत्रका राइडरहरूलाई अझ धेरै विकल्पहरू प्रदान गर्दैछौं।”

त्यसैगरी, चन्दा सप्लायर्सका कार्यकारी निर्देशक चन्दन बाबु खत्रीले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भने, “हामी यामाहाका दुई-पांग्रे सवारी साधनहरू मात्र होइन, भरपर्दो बिक्रीपछिको सेवा पनि दिन प्रतिबद्ध छौं। ग्राहकसँग दीर्घकालीन विश्वास कायम गर्नु हाम्रो प्रमुख लक्ष्य हो।”
यामाहा नेपालको विस्तार हुँदै
नयाँ 3S शोरुम र FZ–MT भेरियन्टको लन्चसँगै यामाहा नेपालले आफ्नो डिलर सञ्जाललाई थप विस्तार गरेको छ। अब गोरखा र आसपासका क्षेत्रका ग्राहकहरूले यामाहाका सम्पूर्ण मोटरसाइकल, स्कुटर, सेवा तथा स्पेयर पार्ट्स स्थानीय स्तरमै प्राप्त गर्न सक्नेछन्।
एमए डब्ल्यूराइड्स अन्तर्गत यामाहा नेपाल नवीन इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र उत्कृष्ट ग्राहक सन्तुष्टिका आधारमा नेपालको अग्रणी दुई-पांग्रे ब्रान्डको रूपमा स्थापित हुँदै गएको छ।








