होमपेज > हिमालयन लाइफ इन्स्योरेन्सको तीज उत्सव कार्यक्रम सम्पन्न

हिमालयन लाइफ इन्स्योरेन्सको तीज उत्सव कार्यक्रम सम्पन्न

बिज्ञापन
बिज्ञापन

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ‘हिमालयन तिज उत्सव २०८२’ सम्पन्न गरेको छ । शुक्रबार बिर्तामोडमा मनोरञ्जनात्मक कार्यक्रमका साथ तिज उत्सव सम्पन्न गरेको हो ।

बिज्ञापन

नारीहरुको महान चाड तिजको अवसरमा कम्पनीले साउन महिनामा ल्याएको स्कीम विजेताहरुका साथ तिज उत्सव सम्पन्न गरिएको कम्पनीका कोशी प्रदेश प्रमुख रामबहादुर शाहीले जानकारी दिए । कार्यक्रममा कम्पनीको दमक, बिर्तामोड, सुरुङ्गा, बुद्धशान्ति र काँकरभिट्टा शाखाका अभिकर्ता तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बिज्ञापन

कार्यक्रममा प्रतियोगितात्मक एकल नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा प्रमिला अधिकारी प्रथम, दुर्गा राई (छुनु) दोस्रो र रेनुका दंगाल तेस्रो भएकी थिइन् । विजेताहरुलाई कम्पनीका प्रदेश प्रमुख शाही र उपप्रमुख भोलाकृष्ण (नविन) मिश्रले अवार्ड वितरण गरेका थिए । त्यस्तै सान्त्वना स्थान हासिल गर्ने रेखा अधिकारी र सरिता थेबे सुब्बालाई टोकन अफ लभ प्रदान गरिएको थियो ।

कार्यक्रममा बीमाको महत्व झल्काउने ‘एकल छोरीको अधुरो सपना’ नामक नाटकसमेत मञ्चन गरिएको थियो । नाटक एमडीआरटी तथा सिनियर एजेन्सी म्यानेजर खिवराज दाहालको लेखन तथा निर्देशनमा भएको थियो । कम्पनीका दमक शाखा प्रमुख चन्द्रकला घिमिरे (सिजी)को कोरियोग्राफीमा विभिन्न नृत्यहरुसमेत प्रस्तुत गरिएको थियो ।

बिज्ञापन

कार्यक्रम सिनियर एजेन्सी मेनेजर सागर रिजाल र बिर्तामोड शाखा प्रमुख बद्रीप्रसाद भण्डारीले सञ्चालन गरेका थिए । कम्पनीले बिहिबार मात्र धुलाबारी शाखामा तिज उत्सव कार्यक्रम सम्पन्न गरेको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते