होमपेज > प्रधानमन्त्री ओली अस्वस्थ्य, सांसदहरूको प्रत्यक्ष प्रश्नहरूको जवाफ दिन उपस्थित नहुने

प्रधानमन्त्री ओली अस्वस्थ्य, सांसदहरूको प्रत्यक्ष प्रश्नहरूको जवाफ दिन उपस्थित नहुने

बिज्ञापन
बिज्ञापन

हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरूबीच प्रतिनिधिसभामा हुने प्रश्नोत्तर कार्यक्रम बुधबार नहुने भएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची राखिएको थियो ।

बिज्ञापन

तर स्वास्थ्य प्रतिकूलताका कारण ‌ओली प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूको प्रत्यक्ष प्रश्नहरूको जवाफ दिन उपस्थित नहुने भएका हुन् । कार्यव्यवस्थामा जानकारी आउनुअघि नै सभामुख देवराज घिमिरेले सांसदहरूबाट आवश्यक प्रश्न संकलन गरिसकेका थिए । तर बुधबार मध्याह्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसक्ने जानकारी दिए ।

बिज्ञापन

बर्तौलाले कार्यव्यवस्थाको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्री ओली सांसदहरूसँग सवाल-जवाफका लागि आउन नसक्ने जाकारी दिएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए । ‘स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद बैठकमा आउन नसक्ने हुनु भएको छ’, बर्तौलाले बैठकमा दिएको जानकारीबारे उद्धृत गर्दै अधिकारीले भनेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते