होमपेज > नेप्से एआई एप चलाउँदा बैंक खाताबाट २८ लाख ६१ हजार गायब, सीआईबीले दियो यस्तो सुझाव

नेप्से एआई एप चलाउँदा बैंक खाताबाट २८ लाख ६१ हजार गायब, सीआईबीले दियो यस्तो सुझाव

बिज्ञापन
बिज्ञापन

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेप्से एआई एपबाट नामक एपमार्फत ठगी बढ्न थालेपछि सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

बिज्ञापन

सीआईबीले एक व्यक्तिको २८ लाख ६१ हजार रुपैयाँ अन्य खातामा ट्रान्सफर भएको र पीडितको मोबाइलमा ‘ब्ल्याङ्क स्क्रिन’ देखिएको घटना विवरण सार्वजनिक गर्दै केही उजुरी प्राप्त भएको भन्दै जाेगिन सर्वसाधारणलाई सचेत गराएकाे हाे ।

बिज्ञापन

केही दिनयता फेसबुक, इन्स्टा, टिकटकलगायतका सामाजिक सञ्जालबाट शेयर बजारको विश्लेषण भन्दै आकर्षक विज्ञापन देखाएर प्रयोगकर्तालाई उक्त एप डाउनलोड गर्न लोभ्याउने प्रवृत्ति बढेको सीआईबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ब्युरोका अनुसार, एप इन्स्टल गरी पासवर्ड तथा सेन्सेटिभ विवरण प्रविष्ट गरेपछि प्रयोगकर्ताको डिजिटल डिभाइसमा पूर्ण नियन्त्रण लिइने र बैंक खाताबाट रकम चोर्ने घटनाहरू दर्ता भएका छन्।ब्युरोले यस्तो स्क्यामबाट बच्न निम्न सावधानी अपनाउन सुझाव:

बिज्ञापन

१. टू-फ्याक्टर अथेन्टिकेशन कोड प्रयोग गर्न (सम्भव भएमा SMS मार्फत)।

१. पासवर्ड समय- समयमा परिवर्तन गर्ने।

३. Nepse AI लगायत र विज्ञापन लिंक र अपरिचित एप इन्स्टल नगर्ने।

४. आफ्नो डिभाइसमा अनधिकृत ‘AnyDesk’, ‘TeamViewer’ वा रिमोट एक्सेस कसैलाई नदिने।

५. आधिकारिक स्रोतहरू ‘Google Play Store’ वा ‘Apple App Store’ बाट मात्र डाउनलोड गर्न।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते