होमपेज > नाडा अटो शो २०२५ प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

नाडा अटो शो २०२५ प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

बिज्ञापन
बिज्ञापन

आगामी २०८२ भाद्र ३ गते काठमाडौंको भृकुटी मण्डपमा शुरु हुने १७औं नाडा अटो शो २०२५ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन्।

बिज्ञापन

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटी भाद्र ३ देखि ८ गतेसम्म चल्ने प्रदर्शनीको प्रमुख अतिथिका रूपमा उद्घाटन गर्न औपचारिक आग्रह गरेको थियो। नाडा स्थापना भएको ५०औं वर्षको अवसरमा आयोजना हुने यस संस्करणमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्ड, इलेक्ट्रिक, हाइब्रिड तथा स्मार्ट मोबिलिटी समाधान, विन्टेज मोटर शो, साथै पहिलोपटक नेपालमा प्रदर्शनी हुने अत्याधुनिक रोबोट्स र भविष्यमुखी प्रविधिहरू प्रदर्शित हुनेछन्।

बिज्ञापन

प्रधानमन्त्री ओलीले उक्त आग्रह सहर्ष स्वीकार गरेपछि अटोमोबाइल व्यवसायीहरूले यसलाई हौसला दिने निर्णयका रूपमा स्वागत गरेका छन्। भेटघाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय सदस्य मेघराज पौडेलको उपस्थिति थियो।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते