होमपेज > मितेरी डेभलपमेन्ट बैंकको चौथो त्रैमासको विवरण सार्वजनिक

मितेरी डेभलपमेन्ट बैंकको चौथो त्रैमासको विवरण सार्वजनिक

बिज्ञापन
बिज्ञापन

गत आर्थिक वर्ष २०८०/८१ मा मितेरी डेभलपमेन्ट बैंकको खराब कर्जा उल्लेख्य घटेको छ।

बिज्ञापन

बैंकले प्रकाशित गरेको चौथो त्रैमासको विवरण अनुसार खराब कर्जा घटेको देखिएको हो। बैंकले अघिल्लो आर्थिक वर्षमा ०.८१ प्रतिशत रहेको खराब कर्जा अनुपात घटाउँदै ०.२८ प्रतिशतमा सीमित राख्न सफल भएको छ। बैंकको खुद शुल्क तथा कमिसन आम्दानी पनि बढेको छ। खुद शुल्क तथा कमिसन आम्दानी १ करोड ५० लाख रुपैयाँबाट बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ। यस्तै बैंकको खुद सञ्चालन आम्दानी ३५ करोड ३१ लाख रुपैयाँबाट घटेर ३१ करोड २२ लाख रुपैयाँमा झरेको छ।

बिज्ञापन

१ अर्ब २१ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको रिटेन्ड अर्निङ १५ करोड ६१ लाख छ। यसैगरी रिजर्भको आकार ३४ करोड ४२ लाख रुपैयाँ छ। बैंकको वितरणयोग्य मुनाफा १५ करोड ६१ लाख रुपैयाँ रहेको छ। जस अनुसार बैंकको लाभांश क्षमता १२.८३ प्रतिशत छ। बैंकले चौथो त्रैमासमा १३ करोड ४ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.०३ प्रतिशतले कम हो। अघिल्लो आवको चौथो त्रैमाससम्म २५ करोड ९७ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी २१.३२ प्रतिशतले घट्दै २० करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ। पछिल्लो समय ब्याजदर घटेका कारण बैंकको खुद व्याज आम्दानी घटेको हो।

समीक्षा अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि १०.७१ प्रतिशत छ। यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १४१.११ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६४.२३ गुणा र तरलता अनुपात ३५.८६ प्रतिशत कायम भएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते