त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुरमा विद्यार्थी सङ्गठनले गरेको रिले अनसनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
बिज्ञापन
शुल्क वृद्धिको विरोधमा आन्दोलनरत नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को अनसनमा प्रहरीले सोमबार हस्तक्षेप गर्दा झडपको स्थिति सिर्जना भएको हो । अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादवले दिएको जानकारी अनुसार प्रहरीले सङ्गठनका उपाध्यक्ष, महासचिव, केन्द्रीय सदस्यहरू लगायत करिब १६ जनालाई पक्राउ गरेको छ ।
बिज्ञापन
क्रान्तिकारीले उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्ष (रेक्टर) को कार्यालयमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । झडपका क्रममा कीर्तिपुर जिल्ला क्याम्पस कमिटीकी जिल्ला इन्चार्ज ममता जोशी घाइते भएकी छन् । प्रहरीको कुटपिटबाट घाइते भएकी उनलाई कीर्तिपुरस्थित अस्पतालमा भर्ना गरिएको छ । झडपका क्रममा केही भौतिक संरचनामा तोडफोड समेत भएको छ ।
अखिल क्रान्तिकारीले शुल्क वृद्धि फिर्ता र विश्वविद्यालयका सबै कार्यक्रममा समान शुल्क लागू गर्नुपर्ने माग राख्दै १९ दिनदेखि रिले अनशन गरिरहेको छ । सोही आन्दोलनको क्रममा आज प्रहरीले हस्तक्षेप गरी धरपकड गरेको यादवले बताए ।








