होमपेज > आज गाईजात्रा: देशभर विभिन्न कार्यक्रको आयोजनागरी मनाइँदै

आज गाईजात्रा: देशभर विभिन्न कार्यक्रको आयोजनागरी मनाइँदै

बिज्ञापन
बिज्ञापन

आज गाईजात्रा पर्व । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत पर्व ‘गाईजात्रा’ आज देशभर विभिन्न कार्यक्रको आयोजनागरी मनाइँदैछ।

बिज्ञापन

गाईजात्रा खासगरी एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने गरिन्छ ।गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दु संस्कारमा पूजनीय गाई को जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरुका अनुसार यस दिन काठमाडौँ उपत्यका वासीहरूले यम अर्थात् मृत्युका देवता यमराजलाई पूजा गर्ने गर्दछन् ।

बिज्ञापन

आजको दिन दिवंगत आफन्तको सम्झनामा गाई वा गाईको भेषमा सजिएका मानिसलाई आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने गरिन्छ। धार्मिक विश्वास अनुसार, यसरी नगरपरिक्रमा गर्दा मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी नदी पार गर्छन्। यस पर्वको सुरुवात राजा प्रताप मल्लको पालादेखि भएको मानिन्छ। विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकी थिइन् ।

पुत्रशोकमा डुबेकी आफ्नी रानीलाई सान्त्वना दिन राजाले जनतालाई आफ्ना दिवंगत व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउन आदेश दिएका थिए। जब रानीले धेरै मानिसले पनि यस्तै शोक व्यहोरेको देखिन्, तब उनको मनमा शान्ति मिलेको जनविश्वास छ।
त्यसपछि रानीको मन थप शान्त पार्न राजाले हास्यव्यङ्ग्यका कार्यक्रमहरू गराउने आदेश दिएको र त्यसैबेलादेखि हास्यव्यङ्ग्यको प्रचलन चलेको मानिन्छ।

बिज्ञापन

आजको दिन गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ । विभिन्न मुखुण्डो र रङ्गीचङ्गी पोसाक लगाएका मान्छेहरू बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा बितेका आफन्तजनको तस्बिर सहित जात्रामा समावेश हुन्छन् ।

गाईजात्रा काठमाडौं उपत्यकासहित बनेपा, धुलिखेल, पोखरा, इलाम, धरान, विराटनगरलगायत नेवार समुदायको बाहुल्य भएका सहरहरूमा मनाइन्छ। सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते