यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले तथ्याङ्कले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म तोलामा ६ हजार ३ सय रुपैयाँले मूल्य बढेको हो ।
बिज्ञापन
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ ।
बिज्ञापन
यो साताको पहिलो कारोबार दिनदेखि नै सुनको मूल्य बढ्न थालेको थियो । आइतबार सुनको मूल्य ३४ सय रूपैयाँले बढ्याे। सोमबार १ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार १ हजार ९ सय रुपैयाँले बढेको थियो । यस्तै, बुधबार १ सय रुपैयाँ घट्याे। सुनको मूल्य बिहीबार स्थिर रहेर शुक्रबार १ हजार रुपैयाँले बढेको हो ।
यो साता चाँदीको मूल्य पनि बढेको छ । गत साताको शुक्रबार तोलामा २२ सय ३५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार २३ सय २५ रुपैयाँ कायम भएको छ । यो ९० रुपैयाँ वृद्धि भएको हो ।








