होमपेज > चौथो पटक थपियो नारायणगढ-बुटवल सडक आयोजनाको म्याद, निर्माण कहिले हुने?

चौथो पटक थपियो नारायणगढ-बुटवल सडक आयोजनाको म्याद, निर्माण कहिले हुने?

बिज्ञापन
बिज्ञापन

नारायणगढ-बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरिएको छ।

बिज्ञापन

तेस्रो पटक थप गरिएको म्याद सकिँदासम्म जम्मा ७० प्रतिशत मात्र भौतिक प्रगति भएको सडक निर्माणका लागि एक वर्ष थप गरी २०८३ साउन ७ गतेसम्म म्याद दिइएको हो। नारायणगण-बुटवल सडक आयोजनाले अहिले थप गरिएको म्याद अन्तिम पटकका लागि भएको र यो अवधिमा सडक निर्माणको सम्पूर्ण काम सम्पन्न गर्ने दाबी गरेको छ।

बिज्ञापन

निर्माण कम्पनीले डेढ वर्ष म्याद थप गर्न चाहेको भए पनि एक वर्ष भित्र निर्माण सम्पन्न गर्ने विश्वास दिलाएपछि अन्तिम पटकका लागि म्याद थप गरिएको आयोजनाले जनाएको छ। २०७५ साल माघ २४ गते ठेक्का सम्झौता हुँदा साढे तीन वर्षमा अर्थात् २०७९ साल साउन २२ गतेसम्म सडक निर्माणको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने सर्त थियो। सडक विभागसँग ठेक्का सम्झौता गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७५ चैतदेखि नै निर्माणको काम सुरू गरेको थियो। साढे तीन वर्षमा सम्पन्न गर्ने भनिएको उक्त सडकको म्याद अहिलेसम्म चार पटक थप गरिएको छ।

ठेक्का सम्झौता गर्दाको २०७९ साउन २२ गतेको म्याद सकिएपछि पहिलो पटक एक वर्ष थप गरी उक्त म्याद २०८० भदौ १२ सम्म पुर्‍याइएको थियो। त्यसपछि दोस्रो पटक ११ महिना म्याद थप गरी २०८१ साउन ८ गतेसम्म पुर्‍याइएको थियो भने तेस्रो पटक पुन एक वर्ष म्याद थप २०८२ साउन ८ गतेसम्म पुर्‍याइएको थियो। तेस्रो पटकको म्याद साउन ८ गते पूरा भए पनि १० दिन ढिलो साउन १७ गते पुरानै मितिमा १ वर्षको म्याद थप गरिएको हो।

बिज्ञापन

आयोजनाका अनुसार नारायणगढदेखि बुटवलसम्मको ११३ दशमलव ५३ किलोमिटर लामो यो सडक दाउन्नेखण्ड र पुलहरूको वारिपारिबाहेक अन्य क्षेत्रमा दुईतर्फी नै कालोपत्रे भइसकेको छ। दाउन्ने खण्डको १३ किलोमिटर सडकमा अहिले पनि ढलान गर्ने काम भइरहेको आयोजनाले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते