होमपेज > सङ्खुवासभा जलविद्युत ठूलो सम्भावना बोकेको जिल्ला हो: ऊर्जामन्त्री खड्का

सङ्खुवासभा जलविद्युत ठूलो सम्भावना बोकेको जिल्ला हो: ऊर्जामन्त्री खड्का

बिज्ञापन
बिज्ञापन

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले सङ्खुवासभालाई जलविद्युतको केन्द्रको रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनु आवश्यक रहेको बताएका छन् ।

बिज्ञापन

खाँदबारी नगरपालिका–१ मा शुक्रबारदेखि शुरु भएको २० दिने पावर हाउस सञ्चालन तथा मर्मतसम्भार सम्बन्धी तालिम उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले भने,‘सङ्खुवासभा जलविद्युत ठूलो सम्भावना बोकेको जिल्ला हो । यहाँ अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथोजस्ता बहुचर्चित आयोजना निर्माणको चरणमा छन् । यस्ता आयोजनालाई सफल र दीर्घकालीन बनाउन प्राविधिक सीप हासिल गरेका स्थानीय युवाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ ।’

बिज्ञापन

जलविद्युतका ठूला आयोजना सञ्चालनमा आउँदै गर्दा रोजगारीको अवसर स्थानीय तहमै सृजना गर्न सीप विकासमुखी तालिम अपरिहार्य रहेको समयमा तालिम संचालन हुनु प्रशंसनीय रहेको बताए । उनले सङ्खुवासभामा अबको प्राथमिकता स्थानीय जनतालाई घरमै तालिम दिई रोजगारीको वातावरण निर्माण गर्नु भएको उल्लेख गर्दै भने,‘सीप विकास मात्र रोजगारीको सशक्त आधार होइन, यसले आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि खोल्छ ।’

तालिममा जिल्लाभरका १० वटा पालिकाबाट सहभागी आएका छन् । कुल २० दिनसम्म चल्ने तालिममा १२० घण्टाको पाठ्यक्रम समेटिएको छ । तालिम पश्चात प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ, जसले सहभागीहरूलाई जलविद्युत्का आयोजनामा काम गर्ने अवसर प्राप्त गराउनेछ ।
मन्त्री खड्काले स्थानीय युवाहरूलाई प्राविधिक शिक्षामार्फत दक्ष बनाउने दीर्घकालीन लक्ष्य अन्तर्गत भविष्यमा नै खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गरिने योजना सुनाए ।

बिज्ञापन

उनले स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान, विद्युतीय मिस्त्रीजस्ता विभिन्न शाखाका सीप तालिम सञ्चालन गरी व्यावसायिक क्षमता अभिवृद्धि गरिने जानकारी दिए । कार्यक्रम खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरप्रमुख थपलियाले तालिम कार्यक्रमले युवाहरूमा आशा, सम्भावना र आत्मनिर्भरता बोकेको बताउँदै यस्ता पहललाई नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता जनाए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते