होमपेज > स्वास्थ्य क्षेत्रको सुधार अझै अपूर्ण छ: स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य क्षेत्रको सुधार अझै अपूर्ण छ: स्वास्थ्यमन्त्री पौडेल

बिज्ञापन
बिज्ञापन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा अझै पनि सुधार गर्न बाँकी रहेको बताएका छन् ।

बिज्ञापन

सोमबार वीर अस्पतालको १३६ औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले केही सुधार भएपनि पूर्ण रुपमा स्वास्थ्य क्षेत्रको सुधार हुन नसकेको स्वीकार गर्दै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको दायित्वबाट सरकार पन्छन नसक्ने बताए ।
उनले भने,‘नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारहरु गर्न बाँकी छ । पूर्णतातर्फ यसलाई लिएर जान आवश्यक छ । केही सुधार भएपनि पूर्ण रुपमा स्वास्थ्य क्षेत्रको सुधार हुन सकेको छैन् । यो कुरा हामीले स्वीकार गर्नुपर्छ । स्वास्थ्य यस्तो संवेदनशिल क्षेत्र हो जुन दायित्वबाट सरकार पन्छिन सक्दैन् ।’

बिज्ञापन

उनले स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिलाई अझ क्षमतावान बनाउनको लागि राज्यले थप लगानी गर्न जरुरी रहेको धारणा राखे । जनशक्तिले दबाबमा काम गर्न नसक्ने बताउँदै उनले स्वास्थ्य क्षेत्रमा काम गर्नको लागि सहज वातावरण निर्माणमा आवश्यकता औल्याए । ‘स्वास्थ्य क्षेत्रमा रहेको जनसमुदायलाई अझ क्षमतावान बनाउनको लागि राज्यले थप लगानी गर्न जरुरी छ । यसको समग्र सुधारको निम्ति हामीले नीतिगत कुराहरु अलि बढि सुधार गर्न आवश्यक छ । तर सबैले महशुस गर्नुपर्ने कुरा के हो भने बीर अस्पतालमा जुन दरबन्दीमा काम गरिरहेको छौं त्यो जनताको लागि हो ।

स्वास्थ्य क्षेत्रमा काम गर्नको लागि सहज वातारण निर्माण हुन आवश्यक छ । यो जनशक्तिले दबाबमा काम गर्न सक्दैन्,’उनले भने
योगदानमा आधारित बीमा प्रणालीको विकास गर्न सक्यो भने नेपालको स्वास्थ्य क्षेत्रहरु अहिले भन्दा प्रभावकारी ढंगले सेवा दिने स्थिति पुग्न सक्ने उनको भनाई छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते