एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि (केडीसी) मा दाँतको उपचार सेवा लिंदा छूट पाउने भएका छन्।
बिज्ञापन
बैंक र केडीसीबीच भएको सम्झौता अनुसार केडीसी लगायत विभिन्न ठाउँमा रहेका यसका शाखाहरूमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। ग्राहकले जनरल हस्पिटल सेवाहरू ल्याब टेस्ट, बेड चार्ज, आईसीयू, पोष्ट अप बेड चार्जमा १५ प्रतिशत, फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरू डेन्टल फिलिङ, डेन्टल स्केलिङ, आरसीटी एण्ड एक्स्ट्र्याक्सन ईटीसीमा १० प्रतिशत र दाँतको विशेष उपचार सेवा डेन्टल इम्ल्पान्ट्स, भिनिअर, ब्रेसिज अलाइनर, डर्माटोलजिस्टमा ७ प्रतिशत छुट पाउनेछन्।
बिज्ञापन
ग्राहकले काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टररकान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलमा उक्त छूट पाउनेछन् भने कान्तिपुर डेन्टर सेन्टरका नाममा काठमाडौंस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमा पनि छूट पाउनेछन्।
यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नु पर्नेछ।
बिज्ञापन








