होमपेज > फिल्म ‘बेहुली फ्रम मेघौली’ ओटीटी प्लाटफर्ममा रिलिज हुने

फिल्म ‘बेहुली फ्रम मेघौली’ ओटीटी प्लाटफर्ममा रिलिज हुने

बिज्ञापन
बिज्ञापन

फिल्म ‘बेहुली फ्रम मेघौली’ ओटीटी प्लाटफर्ममा रिलिज हुने भएको छ । निर्माता निश्चल बस्नेतले हलको प्रदर्शनलाई स्थगित गर्दै एमएसएम भिडियो प्लाटफर्ममा फिल्म आउने जनाएका हुन् ।

बिज्ञापन

फेसबुक पोस्टमा बस्नेतले विहिबारदेखि फिल्मको हल रिलिजलाई स्थगित गर्ने जनाएका छन् । हलले शो वितरणमा विभेद गरेको भन्दै असन्तुष्ट सुनिएका बस्नेतले केही दिनअघि हलको विकल्प खोज्ने आशय व्यक्त गरेका थिए । उक्त एपमा चाँडै फिल्म रिलिज हुने जनाउँदै बस्नेतले अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने उपलब्ध हुने उल्लेख गरेका छन् ।

बिज्ञापन

बस्नेत पोस्टमा लेख्छन्, ‘हलमा हेरिदिनुहुने सबै दर्शकलाई धेरै धेरै धन्यवाद । सम्मानजनक शो उपलब्ध गराउनुभएकोमा क्यूएफएक्सलाई पनि धेरै धेरै धन्यवाद । भोलिबाट हाम्रो फिल्म नेपालको सबै हलबाट हामी नलगाउने निर्णय गरेका छौं ।’

निश्चलसहित स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो फिल्म दशैंको घटस्थापनामा हलमा रिलिज भएको थियो ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते