हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघले नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न गरेको छ।
बिज्ञापन
काठमाडौंमा आयोजित कार्यक्रममा इन्स्योरेन्स कम्पनीका सीईओ मनोजकुमार लाल कर्णसहित उच्च व्यवस्थापन र करिब १६० जना कर्मचारीको सहभागिता थियो। कार्यक्रममा स्रोत व्यक्ति तथा सहजीकरणको भूमिकामा साबिक बीमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसी, वरिष्ठ अधिवक्ता डा। रमेश रेग्मी, डा। रविन कटुवाल र नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष गणेश केसी छन्।
बिज्ञापन
कार्यक्रममा प्रा.डा. केसीले बीमा क्षेत्रका चुनौती, अवसर र आगामी कार्यदिशा, डा। रेग्मीले श्रम कानुन कार्यान्वयनमा चुनौती, डा. कटुवालले कर्मचारी उत्प्रेरणा र केसीले कर्मचारीको अधिकार संरक्षण र उत्पादकत्व वृद्धिमा ट्रेड युनियनको भूमिका विषयमा आफ्नो धारणा राखेका थिए।
संघले आयोजना गरेको कार्यक्रम समयसापेक्ष रहेको थियो।







