होमपेज > ‘उज्यालो नेपाल’ अभियानमा साथ दिन कुलमानको आह्वान

‘उज्यालो नेपाल’ अभियानमा साथ दिन कुलमानको आह्वान

बिज्ञापन
बिज्ञापन

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफुले थालेको ‘उज्यालो नेपाल’ अभियानमा जोडिन युवाहरूलाई आह्वान गरेका छन्।

बिज्ञापन

काठमाडौँमा बिहीबार राष्ट्रिय युवा संसदद्वारा आयोजित घोषणा सभा तथा शपथ ग्रहण कार्यक्रमलाई संबोधन गर्दै उनले त्यस्तो आह्वान गरेका हुन्। बहराइनबाट सुरु भएको ‘उज्यालो नेपाल अभियान’लाई अघि बढाउँदै घिसिङले राजधानीमा आयोजित एक विशेष कार्यक्रम मार्फत युवाहरूलाई समृद्ध नेपाल निर्माणको साझा यात्रामा जोडिन अनुरोध गरे। कार्यक्रममा उनले आफ्नो जीवन अनुभव, ऊर्जा क्षेत्रमा गरेका काम, र देशभित्र तथा विदेशमा रहेका नेपालीहरूको भूमिकालाई जोडेर समृद्धिको नयाँ दृष्टिकोण प्रस्तुत गरे।

बिज्ञापन

‘देश बनाउनु पर्छ, अबको पुस्ताले समृद्ध नेपाल निर्माण गर्न नेतृत्व लिनुपर्छ। देश बनाउन सकिन्छ, हामीबाट नै सुरु हुनुपर्छ। नेपालमा केही हुँदैन भन्ने निराशावादी भाष्य अब तोड्नुपर्छ, घिसिङले भने, ‘देश बनाउने नेतृत्व युवाहरू आफैंले लिनुपर्छ।’ उनले युवालाई आत्मविश्वासी र जिम्मेवार बन्न प्रेरणा दिँदै नेतृत्वको मूल मन्त्र ‘लिसन, लर्न एण्ड लिड’ -सुन, सिक र नेतृत्व गर मा जोड दिए।

उनले भने, ‘अरूलाई नेतृत्व गर्नु अघि आफैलाई नेतृत्व गर्न सक्ने बन्नु पर्छ। देश बदल्न चाहनेहरूले आफै बदलिनु जरुरी छ। नेतृत्वले नै सम्पूर्ण प्रणाली र संस्थाहरूको दिशा परिवर्तन गर्न सक्छ।’ गत चैत्र महिनामा कार्यकाल सकिन चार महिना मात्रै बाँकी रहंदा सरकारद्वारा बर्खास्त गरिएका घिसिङले अब आफु कुनै राजनीतिक नियुक्ति लिन इच्छुक नभएको बताए। देशमा राजनीतिक परिवर्तन धेरै भए पनि अपेक्षित विकास नेतृत्व अभाव रहेको उनले बताए। ‘राजनीतिक नेतृत्व सफल भए पनि विकास नेतृत्वमा भने ध्यान दिन सकिएन,’ उनले भने, ‘विकासको नेतृत्व गर्न व्यवस्थापन र कार्यान्वयनको ज्ञान अत्यन्त जरुरी हुन्छ।’ “राजनीतिक नेतृत्वले मात्र पुग्दैन, समृद्धिको रोडम्याप र त्यसको कार्यान्वयन गर्ने क्षमता पनि चाहिन्छ,” घिसिङले भने।

बिज्ञापन

घिसिङले हालै खाडी मुलुकहरूमा गरेका भ्रमण अनुभव बाँड्दै १५ लाखभन्दा बढी नेपाली युवा विदेशमा रहेको र उनीहरूको श्रमबाट नै देशको अर्थतन्त्र चलेको स्मरण गराए। ‘जीडीपीको एक चौथाई हिस्सा रेमिटेन्सबाट आउँछ, तर ती श्रमिकको श्रमको सम्मान भएन,’ उनले गुनासो गरे। ‘विदेशमा सिप, अनुभव र ज्ञान हासिल गरेका नेपालीहरूले देशमै फर्केर योगदान दिन चाहन्छन्, तर त्यसका लागि वातावरण बनाउनुपर्ने दायित्व अहिलेको पुस्ताले लिनुपर्छ,’ उनले बताए।

‘विद्युतको उज्यालो मात्रै पुग्दैन’

नेपाल विद्युत प्राधिकरणको नेतृत्व सम्हालेका बेला आफुले गरेको सुधारको चर्चा गर्दै घिसिङले भने, ‘लोडसेडिङ अन्त्य गरियो, बत्ती गाउँ–गाउँमा पुर्‍यायौं, घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्यायौं, तर विद्युतको उज्यालो मात्रै देशको समृद्धिको लागि पर्याप्त रहेनछ ।’उनले थपे, “देशका अरू थुप्रै क्षेत्रमा अझै अँध्यारो छ, ती अँध्यारोलाई हटाएर मात्र समृद्धिको उज्यालो सम्भव छ।”

घिसिङले ‘उज्यालो नेपाल’ अभियानलाई निराशालाई आशामा बदल्ने अभियानको रूपमा परिभाषित गरे। ‘यो अभियान देशको समृद्धि, विकास, सुशासन, रोजगारी सृजना र आत्मनिर्भरता निर्माणको साझा सपना हो,’ उनले भने, ‘देशमै गर्न सकिन्छ भन्ने विश्वास बोकेर अब अघि बढ्नु पर्दछ ।’

उनले राजनीतिक नेतृत्व, स्थानीय तह, विकासका सबै क्षेत्र र जनताको सोचमा उज्यालो ल्याउनु ‘उज्यालो नेपाल’ अभियानको सार रहेको बताए । ‘यो अभियान राजनीतिक मात्रै होइन, सामाजिक परिवर्तनको अभियान हो,’ उनले भने।

युवापुस्तालाई नेतृत्वको जिम्मेवारी

कार्यक्रममा उपस्थित १६५ जना ुयुवा सांसदु लाई सम्बोधन गर्दै घिसिङले उज्यालो नेपालको सपना पूरा गर्न युवाहरूले नेतृत्व लिनुपर्ने दोहोर्‍याए। ‘तपाईंहरू युवा सांसदजस्तै अभ्यास गर्दै हुनुहुन्छ, अब रोडम्याप बनाएर अघि बढ्नुपर्छ,’ उनले भने। उनले देशमा भएका परिवर्तन र सम्भावनाहरूको चर्चा गर्दै भने, ‘हामीसँग स्रोत र साधन छन्, तर त्यसलाई व्यवस्थापन गर्ने लिडरशिपको खाँचो छ। त्यो नेतृत्व तपाईंहरूबाट नै सुरु हुन्छ।’

घिसिङले देशमा केही परिवर्तन गर्ने आँट गरेका स्वतन्त्र उम्मेदवार, पेशेवर र सामाजिक अगुवाहरूको पनि चर्चा गर्दै भने, ‘देशमा केही गर्छु भन्ने सोच राख्नेहरूप्रति सम्मान नहुने अवस्था चिन्ताजनक छ।’ उनले वर्तमान अवस्थालाई निराशा होइन, परिवर्तनको सम्भावनाको रुपमा लिनुपर्ने उल्लेख गर्दै सबै क्षेत्रबाट सहकार्य गर्दै अगाडि बढ्न आह्वान गरे । ‘म अब कुनै पदमा जान चाहन्न,’ उनले भने, ‘बाँकी जीवन देशकै सेवामा, तपाईंहरूसँगै ‘उज्यालो नेपालु बनाउने अभियानमा समर्पित गर्ने प्रतिबद्धता गर्छु।’

कार्यक्रमलाई क्याप्टेन विजय लामा, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा लगायतका वक्ताले पनि सम्बोधन गरेका थिए।

अमेरिका तथा युरोपको भ्रमण

यसै बीच यसै सप्ताहान्त घिसिङ विभिन्न कार्यक्रम तथा अन्तरक्रियामा सहभागी हुन अमेरिका आउन लागेका छन्। उनी र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई २७ जुलाईमा न्यूयोर्कमा’ ग्लोबल हिरो अवार्डु बाट सम्मानित गर्न लागेको छ।

त्यस पछि उनले टेक्सास, डीसी लगायतको भ्रमण गर्ने बताइएको छ। उनले अगष्ट महिनामा बेलायत तथा विभिन्न युरोपेली देशहरुको भ्रमण गर्ने उनको सचिवालयले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते