होमपेज > ढाकामा सैनिक विमान खस्दा २५ बालबालिकासहित २७ को मृत्यु

ढाकामा सैनिक विमान खस्दा २५ बालबालिकासहित २७ को मृत्यु

बिज्ञापन
बिज्ञापन

बंगलादेशको राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कुल एन्ड कलेजमा सैनिक प्रशिक्षण विमान खस्दा २५ बालबालिकासहित २७ जनाको ज्यान गएको छ। यो दुर्घटनालाई बंगलादेशको इतिहासमै सर्वाधिक मानवीय क्षति भएको वायुसेना दुर्घटनाको रूपमा लिइएको छ।

बिज्ञापन

ज्यान गुमाउनेहरूमा एक जना पाइलट, एक शिक्षक र २५ जना स्कुले बालबालिका रहेको अधिकारीहरूले पुष्टि गरेका छन्। थप ७८ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन्। पहिलो एकल फाइटर फ्लाइट सञ्चालन गरिरहेका फ्लाइट लेफ्टिनेन्ट तौकिर इस्लाम सागरलाई दुर्घटनापछि मिलिटरी अस्पताल पुर्‍याइए पनि बचाउन सकिएन।

बिज्ञापन

मंगलबार बिहान ८ बजे नेशनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख सल्लाहकारका विशेष सहायक डा.सयेदुर रहमानले मृतकको सङ्ख्या पुष्टि गर्दै २० वटा शव परिवारलाई हस्तान्तरण भइसकेको जानकारी दिए। उनले गम्भीर रूपमा जलेका बालबालिकाका लागि प्रार्थना गर्न आग्रह गर्दै अस्पतालमा भीडभाड नगर्न जनतालाई अनुरोध गरे। ‘हामीसँग पर्याप्त रक्तदाता छन्, तर केही नेगेटिभ ब्लड ग्रुप आवश्यक पर्न सक्छ,’ उनले भने।

दुर्घटनाको विवरण अनुसार, एफटी–७बीजीआई नामक लडाकु प्रशिक्षण विमानले सोमबार दिउँसो १:०६ बजे कुर्मिटोला एयर बेसबाट उडान भरेको थियो। तर, केही मिनेटमै यान्त्रिक समस्याका कारण १:१८ बजे विद्यालय भवनमा खसेको सेनाको अन्तरसेवा जनसम्पर्क निर्देशनालय (आईएसपीआर) ले जनाएको छ।

बिज्ञापन

बंगलादेश वायुसेनामा सन् १९९२ यता २७ वटा लडाकु र प्रशिक्षण विमान दुर्घटना भइसकेका छन्। तीमध्ये यसपटकको दुर्घटनामा सर्वाधिक जनधनको क्षति भएको बताइएको छ। यसले उडान सुरक्षाको अवस्था, पुराना विमानहरूको प्रयोग, र सैनिक क्षेत्र वरिपरिको अव्यवस्थित सहरी विस्तारप्रति गम्भीर प्रश्न उठाएको छ। एक पूर्व वायुसेना अधिकारीका अनुसार, ‘यस प्रकारको दुर्घटना कुनै नयाँ होइन, तर जनधनको हिसाबले यो सबैभन्दा भयानक हो।’ विश्लेषकहरूका अनुसार, विमान मार्ग उल्लंघन गर्ने गरी भएको सहरीकरण र कम क्षमतायुक्त विमानको प्रयोगले यस्तो दुर्घटना निम्त्याएको हुन सक्छ।

वायुसेनाले घटना अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरिसकेको छ। अनुसन्धान प्रतिवेदनपछि थप विवरण सार्वजनिक गरिने आईएसपीआरले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते