होमपेज > ग्लोबल आइएमई समुन्नत योजना-२ को इकाई बाँडफाँड

ग्लोबल आइएमई समुन्नत योजना-२ को इकाई बाँडफाँड

बिज्ञापन
बिज्ञापन

ग्लोबल आइएमई बैंकको कोष प्रवर्द्धक तथा ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई बाँडफाँड भएको छ।

बिज्ञापन

उक्त योजनाको प्रति इकाई अंकित मूल्य रु दश रुपैयाँ दरको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि असार २२ गतेदेखि असार २७ गतेसम्म निष्काशन गरिएको थियो। असार २७ गते सम्ममा मागभन्दा बढी इकाईको लागि आवेदन प्राप्त भएको र यसरी माग भन्दा अधिक इकाईको लागि आवेदन प्राप्त भएको अवस्थामा सामूहिक लगानी कोष निर्देशिका अनुसार माग भन्दा अधिक संख्यामा इकाई माग भएमा निष्काशन गरिएको इकाई संख्याको २५ प्रतिशतसम्म थप गरी इकाई बाँडफाँट गरिनेछ भन्ने व्यवस्था भएको हुनाले निष्काशित इकाई १२ करोडको पच्चीस प्रतिशत अर्थात् ३ करोड इकाई थप गरी १५ करोड इकाई बाँडफाँट गरिएको छ।

बिज्ञापन

बाँडफाँट गरिएको कूल १५ करोड इकाई मध्ये १५ प्रतिशत इकाई बीज पूँजीको रुपमा बाँडफाँट गर्नुपर्ने व्यवस्था भएकोले सो मध्ये कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंकलाई १३।५ प्रतिशत अर्थात् २ करोड २ लाख ५० हजार इकाई तथा योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटललाई १।५ प्रतिशत अर्थात् २२ लाख ५० हजार गरी जम्मा दुई करोड २५ लाख इकाई असार ३० गते बांडफाँट गरिसकिएको छ।

बीज पूँजी बापत छुट्याइएको इकाई बाँडफाँट गरे पश्चात् बाकि रहेको १२ करोड पचहत्तर लाख इकाई बाँडफाँट गर्ने प्रयोजनका लागि सिडिएस एण्ड क्लियरिङ्गको सि आस्वा प्रणाली मार्फत ४५ हजार ८०२ आवेदनहरुबाट १३ करोड ९ लाख ३३ हजार ५१० इकाईका लागि आवेदन प्राप्त भएकोमा ती आवेदनहरुको आवश्यक रुजू तथा भेरिफिकेशन पश्चात् एवं सि आस्वा प्रणालीको अनुसार छब्बीस जना आवेदकहरुले ५२ वटा आवेदनहरु मार्फत ७ हजार ५०० इकाईको लागि दिएको दोहोरो आवेदन रद्द गरी ३५ हजार ७ सय ५० जना आवेदकहरुबाट रीतपूर्वक प्राप्त भएको १३ करोड ९ लाख २६ हजार १० इकाई बाँडफाँट गरिएको छ।

बिज्ञापन

जस अनुसार ३५ हजार ७ सय ५० जना आवेदकहरु मध्ये ३५ हजार ७ सय ४८ जना आवेदकहरुलाई निजहरुले माग गरे बमोजिम नै ११ करोड ९ लाख २६ हजार १० इकाई तथा दुई जना आवेदकहरुलाई समानुपातिक रुपमा १ करोड ६५ लाख ७३ हजार ९ सय ९० इकाई गरी जम्मा १२ करोड ७५ लाख इकाई साउन २ गतेका दिन निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको रजिस्टर्ड कार्यालय, नक्साल, काठमाण्डौंमा बाँडफाँट भएको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते