होमपेज > गुराँस लघुवित्तको नाफामा वृद्धि, यस्ता छन् अन्य सूचकहरु

गुराँस लघुवित्तको नाफामा वृद्धि, यस्ता छन् अन्य सूचकहरु

बिज्ञापन
बिज्ञापन

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ ।

बिज्ञापन

लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ८९.९६ प्रतिशतले बढी हो।

बिज्ञापन

गत आर्थिक वर्र्षको अन्त्यसम्ममा ८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले समिक्षा अवधिमा १३ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५९.७४ प्रतिशतले बढेको छ। ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको जगेडा कोषमा ६ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ३० करोड २५ लाख रुपैयाँ सापटी तथा ४५ करोड ५५ लाख रुपैयाँ निक्षेपबाट कुल १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको अन्य सञ्चालन आम्दानी १५।४७ प्रतिशत बढेको छ समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ३.६७ प्रतिशतबाट घटेर २।९१ प्रतिशतमा कायम भएको तथ्याङकले देखाएको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १८ पैसा बढेर ३४ रुपैयाँ १७ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६४.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७९ गुणा रहेको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते