जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि भदौ ४ गतेसम्म ६५ प्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
बिज्ञापन
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले हाल कायम चुक्ता पुँजीको आधारमा १ बराबर ०.६५ (१०० बराबर नयाँ ६५ कित्ता) को अनुपातमा प्रतिकित्ता १०० रुपियाँमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको थियो । सोही बमोजि कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो ।
बिज्ञापन
हकप्रद प्रयोजनार्थ कम्पनीले असार ८ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार असार ५ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।








