होमपेज > जनसंख्या वृद्धिका लागि बच्चा जन्माउने उत्साह, प्रेरणा समाजले निर्माण गर्नुपर्छ: स्वस्थ्यमन्त्री पौडेल

जनसंख्या वृद्धिका लागि बच्चा जन्माउने उत्साह, प्रेरणा समाजले निर्माण गर्नुपर्छ: स्वस्थ्यमन्त्री पौडेल

बिज्ञापन
बिज्ञापन

स्वस्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले देशको जनसाङ्ख्यिक अवस्था ऋणात्मक अवस्थामा गइरहेको बताएका छन् ।

बिज्ञापन

शुक्रबार काठमाडौंमा आयोजित विश्व जनसङ्ख्या दिवस तथा राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिकरण कार्यक्रममा बोल्दै उनले जनसाङ्ख्यिक अवस्था ऋणात्मक अवस्थामा गइरहेको भन्दै यसको सुधारको लागि प्रजनन् अधिकार सुरक्षित राख्दै जनसंख्या वृद्धिका लागि बच्चा जन्माउने उत्साह प्रेरणा समाजले निमार्ण गर्न सक्नुपर्ने धारणा राखे ।

बिज्ञापन

उनले भने, ‘खासगरी हाम्रो जनसाङ्ख्यिक अवस्था ऋणात्मक अवस्थामा गइरहेको स्थिति रहेको छ । २४ जिल्लामा जनसंख्या ऋणात्मक हुँदै गएको छ । त्यसैले प्रजनन् अधिकारलाई सुनिश्चित गर्न, सन्तुलित जनसंख्या कायम गर्न यो नीति अनुकुल रहेको छ । बसाईसराईको रफ्तार बढेको देखिन्छ, सहरीकरण विस्तार भएको देखिन्छ । त्यसैले यो सबै कुरालाई समेट्नेगरी सरकार अघि बढेको छ । खासगरी प्रजनन् अधिकार सुरक्षित राख्दै जनसंख्या वृद्धिका लागि बच्चा जन्माउने उत्साह प्रेरणा समाजले निर्माण गर्न सक्नुपर्छ । एउटा आमाले बच्चा जन्माउने, शिक्षा दिक्षा दिने, पालनपोषण गर्ने सबै जिम्मा लिएपछि बच्चा जन्माउने उत्साह रहँदैन त्यसैले घर परिवार देखि सबैको सहयोग हुन आवश्यक छ ।’

त्यस्तै, उनले जनसंख्या नीतिलाई उन्मुख गराउनका निम्ति निरन्तर काम गर्नुपर्ने बताए । हिजोका दिनमा गरेका अभ्यासलाई बदल्न जरुरी रहेको बताउँदै उनले समाजका समस्याहरु समाधान हुनेगरि नीति सार्वजनिक गरेको पनि बताए । उनले भने, ‘हामीले जनसंख्या मैत्री नेपाल बनाउन खोजेका हौँ भने हाम्रा नीतिहरु आम नागरिकको आवश्यकता सम्बोधन गर्ने खालको हुनुपर्छ । जसले राज्यको सबै अंगलाई छोएको हुन्छ । यसलाई विकास गरिनुपर्छ । यसलाई उन्मुख गराउनका निम्ति हामीले निरन्तर काम गर्नुपर्छ । हिजो हामीले गरेका अभ्यासलाई बदल्न जरुरी छ । समाजको मुहार कस्तो बनाउने भन्ने बारेमा सबै कुरा समेटिएर यो नीति सार्वजनिक गरेका छौं ।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते