होमपेज > प्रभु इन्स्योरेन्सले साउन २३ गते डाक्यो साधारणसभा, यस्ता छन् एजेन्डा

प्रभु इन्स्योरेन्सले साउन २३ गते डाक्यो साधारणसभा, यस्ता छन् एजेन्डा

बिज्ञापन
बिज्ञापन

प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो २९औं वार्षिक साधारणसभा साउन २३ गते गर्ने भएको छ । सभा काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे गर्ने छ । कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

बिज्ञापन

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने निर्णय गरेको हो। सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेपरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगाएत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विबरण सहितका अनुसूचीहरु पारित गर्नेछ ।

बिज्ञापन

सभाले २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारीश्रमिक निर्धारण गर्ने, बोनश शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरि यथावत राख्ने, कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट ५०.१५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएकोमा आर्थिक वर्ष २०८०/०८१ सम्मको वितरणयोग्य मुनाफाबाट १८ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव भए अनुसार कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकोले ५०.१५ प्रतिशत हकप्रद शेयरलाई संशोधन गरि प्रस्तावित बोनश शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले हकप्रद शेयर पारित गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखी नजिकको पुरा अंक कायम गर्ने, कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार संशोधन वा फेरबदल गरि कार्यान्वयन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते