होमपेज > आज दरमखोला हाइड्रो इनर्जीको आईपीओ भर्ने अन्तिम दिन

आज दरमखोला हाइड्रो इनर्जीको आईपीओ भर्ने अन्तिम दिन

बिज्ञापन
बिज्ञापन

दरमखोला हाइड्रो इनर्जीले असार ९ गतेबाट बिक्री गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ बिक्री गरेको हो ।

बिज्ञापन

नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रोलाई जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८।३३ प्रतिशतले हुन आउने ३९ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति दिएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकिद दरका कुल ३९ लाख ५० हजार कित्ता आइपीओ ल्याउने अनुमति पाएको हो।

बिज्ञापन

कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित गुल्मीको मुसीकोट नगरपालिका, बागलुङको गल्कोट नगरपालिका र बडीगाड नगरपालिकाका स्थानीयलाई र सर्वसाधारणलाई छुट्याइएको २९ लाख १९ हजार ५०० कित्ताशेयरको १० प्रतिशतले हुन आउने २ लाख ९१ हजार ९५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गर्नेछ।

दोस्रो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ५८ हजार ३९० कित्ता कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगाानीलाई र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ। यो आइपीओमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

बिज्ञापन

वैदेशिक रोजगारमा रहेका नेपालीले धितोपत्र बोर्डबाट सी–आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। स्थानीयले भने ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा, दरमखोला पावरहाउसको स्वीकृतिपछि तोकिने संकलन केन्द्रबाट खरिद आवेदन दिन सक्नेछन्। दरमखोला हाइड्रोको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते