होमपेज > असार २९ गतेदेखि पहिलो चरणको आइपीओ निष्कासन गर्दै बुंगल हाइड्रोपावर

असार २९ गतेदेखि पहिलो चरणको आइपीओ निष्कासन गर्दै बुंगल हाइड्रोपावर

बिज्ञापन
बिज्ञापन

बुंगल हाइड्रोपावर कम्पनी लिमिटेडले असार २९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

बिज्ञापन

कम्पनीले २ लाख ७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई बिक्री गर्न लागेको हो ।

बिज्ञापन

स्थानीय बासिन्दालाई छुट्याइएको सेयरमध्ये ६५ प्रतिशत अर्थात ५ लाख ३९ हजार ५०० कित्ता सेयरका लागि अति प्रभावित क्षेत्र सुदूर पश्चिम प्रदेश, बझाङ जिल्ला, बुंगल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गाविस वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गाविस वडा नं. १०) का बासिन्दाहरुले आवेदन दिन सक्नछन् । यस्तै, बाँकी ३५ प्रतिशत शेयर अर्थात २ लाख ९० हजार ५०० कित्ताका लागि सामान्य प्रभावित क्षेत्र बुंगल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यता, स्थानीयले छिटोमा साउन ११ गते र ढिलोमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गते बैकिङ समयसम्म मात्र आवेदन दिन पाउने व्यवस्था छ । दुवैले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपिओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

बिज्ञापन

स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यू–१, कृषि विकास बैंक, बंगल नगरपालिका वडा नं. ४, ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका वडा नं. १० र आयोजनास्थल बुंगल नगरपालिका वडा नं। ७ बाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते