होमपेज > आजभोलि पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन्: अध्यक्ष प्रचण्ड

आजभोलि पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन्: अध्यक्ष प्रचण्ड

बिज्ञापन
बिज्ञापन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ नेता कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै उनको निधनले पार्टीले आदरणीय अभिभावक गुमाएको महसुस गरेको बताएका छन् ।

बिज्ञापन

शनिबार काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले श्रेष्ठको योगदानलाई उच्च सम्मान व्यक्त गर्दै कमरेड कृष्णलाल श्रेष्ठ सबैको निम्ती आर्दश पात्रको रुपमा भएको बताएका हुन् । उनले भने, ‘कमरेड कृष्णलाल श्रेष्ठ आफैं तपाईं, हामी सबैका निम्ति आदर्श पात्र हुनुहुन्थ्यो । उहाँले पार्टी आन्दोलन, समाजसेवा र कठिन परिस्थितिमा रहेका कमरेडहरूको पीडामा सधैं साथ दिनुभएको थियो ।’

बिज्ञापन

अध्यक्ष प्रचण्डले हाल पार्टी भित्र देखिएको वैचारिक, राजनीतिक, व्यवहारिक र सांस्कृतिक विचलनप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई फेरि समाजवादको दिशातर्फ अग्रसर गराउने संकल्पमा सबैले दृढ प्रतिबद्धता व्यक्त गर्न आवश्यक रहेको बताए ।
‘आजभोलि पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन्, उनले भने,‘यी सबैसँग जुध्दै समाजवादको यात्रामा अगाडि बढ्न हामी सबै थप प्रतिवद्ध हुनुपर्छ ।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते