रुपन्देहीको सामुदायिक विद्यालयका १८ जना विद्यार्थीले एसईईमा ४ जीपीए ल्याएका छन्।
बिज्ञापन
उक्त विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी थिए। उक्त विद्यालय रुपन्देहीको तिलोत्तमामा रहेको सामुदायिक स्कुल शान्ति नमुना माध्यमिक विद्यालय हो।
बिज्ञापन
विद्यालयका अनुसार, सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पङ्गेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुशान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जीपीए ल्याएको हुन्।
त्यस्तै, अन्य विद्यार्थिहरुले २२ जनाले ३.९६ देखि ३.९९ जीपीए ल्याएका छन् । ३.९ देखि ३.९५ ल्याउने १४, ३.६ देखि ३.८९ सम्म ल्याउने १७१, ३.२ देखि ३.५९ सम्म ल्याउने २०९, २.८० देखि ३.१९ ल्याउने ११२ र २.४० देखि २.७९ जीपीए ल्याउने १४ जना विद्यार्थी रहेका छन् ।
बिज्ञापन
शान्ति नमुना माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शरद भट्टराईले सामुदायिक विद्यालय तर्फ शान्ति नमुनाको यो नतिजा सम्भवतः नेपालकै सर्वोत्कृष्ट रहेको बताए । उनले विद्यालयले साधन स्रोत र अभिभावकको पनि साथ कारणले आज राम्रो नजिता ल्याउन सफल भएको बताए ।








