स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगहरूको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन्।
बिज्ञापन
उनले स्वास्थ्य बीमा प्रणालीलाई अझ प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थागत सुधारतर्फ चासो दिँदै नागरिकले थप सेवा प्राप्त गर्ने व्यवस्था मिलाउने पहल गरेका हुन्।
बिज्ञापन
मन्त्री पौडेलको निर्णयअनुसार अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, टाउको र मेरुदण्डमा गम्भीर चोट (हेड इन्जुरी, स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सन र अल्जाइमर जस्ता गम्भीर रोगबाट पीडितले बीमाको माध्यमबाट थप एक लाख रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गर्न सक्नेछन्। यो व्यवस्था स्वास्थ्य बीमा नियमावलीमा रहेको प्रावधान अनुसार मन्त्रीस्तरीय निर्णयमार्फत लागू गरिने भएको हो।
स्वास्थ्य बीमा बोर्डलाई मन्त्रालयले सत्तर वर्ष नाघेका ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी, एउटै सेवाबाट दोहोरो लाभ नलिने सर्तमा सुविधा प्रदान गर्न पत्राचार समेत गरिसकेको छ।
बिज्ञापन
यस्तै, बीमामा जनआकर्षण बढाउन र यसको दिगोपनालाई सुनिश्चित गर्न मन्त्री पौडेलले बीमा थैली ९प्याकेज० लागू गर्ने तयारी गरेका छन्। तर, बीमा कोषको दुरुपयोग नहोस् भन्ने सुनिश्चितताका लागि स्वास्थ्य बीमा बोर्डलाई स्पष्ट निर्देशन दिइएको छ। मन्त्रालयले बीमा सुविधा तय गर्दा रोगको भार, नागरिकको आवश्यक सेवा, लागतको प्रभावकारिता र वित्तीय दिगोपनालाई ध्यानमा राखी बीमा योजना बनाउने र कोषको सदुपयोग सुनिश्चित गर्ने निर्देशन दिएको छ।








