होमपेज > ११ महिनामा १० खर्ब २७ अर्ब ६६ करोड ९७ लाख रुपियाँ राजश्व सङ्कलन

११ महिनामा १० खर्ब २७ अर्ब ६६ करोड ९७ लाख रुपियाँ राजश्व सङ्कलन

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १० खर्ब २७ अर्ब ६६ करोड ९७ लाख रुपियाँ राजश्व सङ्कलन भएको छ । गत वर्ष सो अवधिमा नौ खर्ब ३९ अर्ब ४८ करोड १२ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

बिज्ञापन

आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा सरकारले गरेको आम्दानीको लक्ष्य गत वर्षको सो अवधिको तुलनामा राजश्व सङ्कलनमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको जेठसम्मको राजश्व सङ्कलन लक्ष्य १२ खर्ब ३४ अर्ब ८५ करोड रुपियाँ थियो । अर्थ मन्त्रालयका अनुसार अहिले सङ्कलित राजश्व लक्ष्यको ८३.२२ प्रतिशत हो ।

बिज्ञापन

चालु आर्थिक वर्षको जेठमा मात्र ९४ अर्ब दुई करोड ८३ लाख रुपियाँ राजश्व सङ्कलन भएको छ । गत वर्षको जेठमा ८५ अर्ब २१ करोड १३ लाख रुपियाँ राजश्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब रुपियाँ ३० करोड ३० लाख राजश्व असुलीको लक्ष्य राखेको छ । महालेखा नियन्त्रणको कार्यालयको तथ्याङ्क अनुसार जेठ मसान्तसम्म पुँजीगत खर्च लक्ष्यको ४०.७ प्रतिशत भएको छ । सरकारले चालु आर्थिक वर्षमा पुँजीगत खर्च गर्ने लक्ष्य तीन खर्ब ५२ अर्ब रुपियाँ लिएकोमा हालसम्म एक खर्ब ४३ अर्ब ३९ करोड खर्च भएको छ ।

यस्तै चालुतर्फ लक्ष्य अनुसार ७४.६८ प्रतिशत खर्च गरेको छ । चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड खर्च गर्ने लक्ष्य लिएकोमा आठ खर्ब ५१ अर्ब ५८ करोड रुपियाँ खर्च भएको छ । यस्तै वित्तीयतर्फ ७८.४१ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षमा तीन खर्ब ६७ अर्ब २८ करोड खर्च गर्ने लक्ष्य रहेकोमा हालसम्म दुई खर्ब ८७ अर्ब ९७ करोड रुपियाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते