कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाण्डौं स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.( गुर्जुधारा ट्रायल सेन्टर) का बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बिज्ञापन
यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठुलो भर्याङ्गले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परिक्षा सञ्चालन गराउदै आएको गुर्जुधारा स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि. (गुर्जुधारा ट्रायल सेन्टर) मा उपलब्ध सम्पूर्ण ड्राइभिङ्ग कोर्सहरुमा कुमारी बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।
बिज्ञापन
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको क७३घढसमारी बैंकले आफ्ना ग्राहकहरुको सुबिधाको लागि विभिन्न क्षेत्रका व्यवसायीहरुसँग समन्वयन गरि छुट तथा किस्ताबन्दीका सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, स७३घढसलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।








