आज देशभरका विभिन्न ९ जिल्लामा बाढीको जोखिम रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।
बिज्ञापन
बाढी पूर्वानुमान महाशाखाले आज बिहान बुलेटिन जारी गर्दै इलामदेखि पश्चिमका ९ जिल्ला र आसपास भई बग्ने खोला–नदीमा ठूलो बाढी आउने सम्भावना देखिएको भन्दै सतर्क रहन भनेको हो ।
बिज्ञापन
आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, धनुषा, धनकुटा, सर्लाही र आसपासका जिल्ला भई वहने केही स–साना नदीमा बाढीको बहाव सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
यस्तै आइतबारसम्म कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पश्चिम राप्ती र बबई नदीमा पनि जलसतह घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता आवश्यक देखिएको छ ।
बिज्ञापन










