होमपेज > आर्थिक सुधारको कार्ययोजना सार्वजनिक (हेर्नुहोस्)

आर्थिक सुधारको कार्ययोजना सार्वजनिक (हेर्नुहोस्)

बिज्ञापन
बिज्ञापन

सरकारले निरन्तर तथा छ महिनादेखि तीन वर्षसम्म सक्ने गरी ४०८ बुँदे आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गरेको छ ।

बिज्ञापन

पूर्वसचिव रामेश्वर खनाल संयोजकत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना तयार पारेको हो । बुधबार बसेको मन्त्री परिषद्को बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनका लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गरेको थियो ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव चुडामणि पौडेल संयोजक रहेका तीन सदस्यीय समितिले खनाल आयोगको सुझावलाई कार्यान्वयन गर्न कार्ययोजना तयार पारेको थियो । उक्त कार्ययोजनालाई अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको हो । आयोगले दिएको सुझाव कार्यान्वयन गर्न तत्कालीन, छमहिने, एकबर्से, दुई वर्ष र तीन वर्षसम्मको कार्ययोजना तयार गरिएको छ । कार्ययोजनाले मौद्रिक नीति, वित्तीय अनुशासन, सार्वजनिक संस्थान, कानुनी सुधार र क्षेत्रगत विकासलाई समेटेको छ ।

नेपाल राष्ट्र बैङ्कले ब्याजदर स्थिर राख्न र तरलता व्यवस्थापन गर्ने, चार–आठ महिनाको आयात धान्ने विदेशी विनिमय सञ्चिति कायम गर्ने कार्ययोजनामा उल्लेख छ । सरकारी खर्च र करमा कटौती, कालोबजारी नियन्त्रण सहज आपूर्ति सुनिश्चित गरिने छ । यस्तै कार्ययोजना अनुसार १४ पुराना ऐन खारेज गरी नयाँ नियमनकारी ऐन ल्याइने, हेटौँडा र उदयपुर सिमेन्ट उद्योगको निजीकरण र जनकपुर चुरोट कारखाना खारेज गरिने छ । राष्ट्रिय अनुसन्धान परिषद् स्थापना र तथ्याङ्क कार्यालयको क्षमता वृद्धि कार्ययोजनामा उल्लेख छ । कार्ययोजनामा आर्थिक सुधारका काम, सहजीकरण गर्ने निकाय, समयसीमा र उपलब्धि निर्धारण गरिएको छ ।

बिज्ञापन

कार्ययोजना अनुसार १४ वटा कानुन खारेज गर्ने सुझावलाई दुई वर्षभित्र कार्यान्वयन गरिने भएको छ । यसका लागि सम्बन्धित मन्त्रालयले तयारी गर्नुपर्ने भएका कारण उक्त कार्यायोजना लागु गर्ने समयसीमा तय गरिएको छ । यस्तै कम्तीमा तीन महिनाका लागि पुग्ने पेट्रोलियम पदार्थको भण्डारण गर्ने कार्ययोजना तीन वर्षभित्र पूरा गरिने उल्लेख छ ।वृद्धभत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष पुर्‍याउन र भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कार्ययोजना छ ।

सरकारले गत कात्तिकमा बनाएको उच्चस्तरीय आर्थिक सुधार आयोगले वैशाखमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई अन्तिम प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनलाई कार्यान्वयन गर्दै जाने निर्णय गरेको सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा सुझाव कार्यान्वयनको विषय समेटेको थियो । प्रधानमन्त्री कार्यालयले सो कार्ययोजनालाई सम्बन्धित मन्त्रालयले आफूमातहतका सम्बन्धित विभागमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाउन निर्देशनसमेत दिएको छ । त्यस्तै अनुगमन तथा निर्देशनको जिम्मेवारी पाएकालाई समेत त्यही अनुसार समन्वय, सहजीकरण र सहयोग गर्नसमेत निर्देशन दिइएको छ ।

विभिन्न मन्त्रालय, राष्ट्र बैङ्क, धितोपत्र बोर्ड, नेपाल पर्यटन बोर्ड, नपाल दूरसञ्चार प्राधिकरण, विश्वविद्यालयसहितलाई जिम्मेवार निकाय तोकिएको छ । मन्त्रीपरिषद्ले वैशाख २ मा कार्ययोजना बनाउन समिति गठन गरेको थियो । समितिमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव चूडामणि पौडेलको नेतृत्वमा गोविन्दबहादुर कार्की, कृष्णबहादुर राउत र रावस्वसचिव दिनेशकुमार घिमिरे सदस्य रहेको समितिले कार्ययोजना बनाएको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते