होमपेज > नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टलाई कारबाही गर्ने सरकारको तयारी

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टलाई कारबाही गर्ने सरकारको तयारी

बिज्ञापन
बिज्ञापन

सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टलाई कारबाही गर्ने तयारी गरेको छ । अनियमिततामा संलग्न रहेको आरोप लागेसँगै उनलाई पदबाट बर्खास्त गर्ने तयारी सरकारले गरेको हो ।

बिज्ञापन

अनियमितता र कार्य सम्पादनमा कमजोरी देखिएको ठहर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्पष्टीकरण सोधेको छ । आज अर्थात् जेठ ४ गते आर्थिक दैनिकमा प्रकाशित पत्रिकाका अनुसार मन्त्रालय स्रोतका अनुसार डा। भट्टले कार्यभार सम्हालेपछि गरेका प्रतिबद्धता पूरा नगरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ । यही आधारमा मन्त्रालयले जेठ ४ गतेसम्मको म्याद दिएर स्पष्टीकरण मागेको थियो । तर दुई हप्तासम्म पनि लिखित जवाफ नपठाएपछि मन्त्रालयले उनीसँग सोधपुछ गरेको हो ।

बिज्ञापन

भट्टको नेतृत्वप्रति निगमभित्रका कर्मचारीहरू र ग्यास–पेट्रोलियम व्यवसायीहरू दुवै असन्तुष्ट देखिएका छन् । उनले विगतका कार्यकारी निर्देशकहरू सुरेन्द्र पौडेल र उमेश थानीले थालेका योजनाहरूलाई निरन्तरता दिन नसकेको र नयाँ योजना अघि बढाउन पनि चुकेको भन्दै कर्मचारीहरु नै असन्तुष्ट ब्यक्त गर्ने थालेका हुन्। अधिकांश समय कर्मचारी सरुवा, बढुवा र प्रशासनिक निर्णयमै खर्चिएको भन्दै उनको कार्यशैलीप्रति गुनासो छ ।

पेट्रोलियम क्षेत्रका व्यवसायीहरू पनि आपूर्ति, वितरण तथा गुणस्तर जस्ता संवेदनशील विषयमा चासो नदेखाएको आरोप लगाउँदै आएका छन् । मन्त्रालयले भट्टको नेतृत्वमा संस्थागत सुधार र सेवा विस्तारमा कुनै ठोस प्रगति नभएकाले नेतृत्व परिवर्तन अपरिहार्य देखिएको ठहर गरेको छ ।

बिज्ञापन

यता भट्टमाथि केन्द्रीय कार्यालय भवन निर्माणमा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरीसमेत परेको छ । गत चैत ३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा दर्ता भएको उजुरीमा बबरमहलमा निर्माणाधीन पूर्ण सुसज्जित भवनको टेन्डर प्रक्रियामा करिब ५० लाख रुपैयाँ बराबरको आर्थिक भार निगममाथि अनुचित रूपमा थोपरेको आरोप छ । उजुरी दर्ता नं. सि ०५३८८५ मा उल्लेख भएअनुसार टेन्डर दस्तावेजमा समावेश सामग्रीहरूलाई फेरि भेरिएसन को नाममा बिलमा दोहोर्याइएको दाबी गरिएको छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते